काठमाडौं । लकडाउनको समयमा इन्डक्सन चुल्होमा खाना बनाउनेले विद्युत महशुलमा २० प्रतिशत छुट पाउने भएका छन् । उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले इन्डक्सन चुल्हो प्रयोग गरेर खाना पकाउने ग्राहकलाई १ सय ५० युनिटसम्म विद्युत महसुलमा छुट दिने व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका हुन् । इन्डक्सन प्रयोगमा छुट दिँदा ग्यासको विस्थापनमा सहयोग पुग्ने भन्दै उनले ग्यास भन्दा इन्डक्सन सस्तो पर्ने भएकोे उपभोक्तलाई इन्डक्सनमा …
पुरा पढ्नुहॊस »घट्न थाल्यो डलरको भाउ
काठमाण्डौ । अमेरिकी डलरको भाउ घट्न थालेको छ । बिहीबार अमेरिकी डलर १ को बिक्रीदर एक सय २१ रुपैयाँ ७२ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गएको मङ्गलबार अमेरिकी डलर १ को बिक्रीदर अहिलेसम्मकै महँगो अर्थात् एक सय २२ रुपैयाँ ३४ पैसा पुगेको थियो । मङ्गलबारको भाउमा ५१ पैसाले घटेर बुधबार अमेरिकी डलर १ को बिक्रीदर एक सय २१ रुपैयाँ ८३ पैसा तोकिएको थियो । बिहीबार त्यसमा पनि …
पुरा पढ्नुहॊस »नेपाल टेलिकमले रिचार्जमा शतप्रतिशत बोनस दिने
काठमाडौं । नेपाल टेलिकमले मोबाइल रिचार्ज कार्डमा शतप्रतिशत बोनस घोषणा गरेको छ । कोराना भाइरस रोकथामका लागि मुलुक नै लकडाउन भएका बेला टेलिकमले बिहीबारदेखि ७ दिनका लागि यस्तो अफर ल्याएको हो । टेलिकमको जीएसएम तथा सिडिएमएको प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा रिचार्ज गरेको रकमको शतप्रतिशत बराबर बोनसको रूपमा प्राप्त हुने टेलिकम प्रवक्ता राजेश जोशीद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । बोनस रकमबाट टेलिकमको नम्बरमा …
पुरा पढ्नुहॊस »एनसेलको रिचार्जमा ५० प्रतिशत बोनस ब्यालेन्स हुने
काठमाडौं । एनसेलले सापटी रकममा वृद्धि, निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, रिचार्जमा ५० प्रतिशत बोनस र स्टे होम प्याक ल्याएको छ । ब्यालेन्स ट्रान्सफर सेवा अन्तर्गत प्रिपेड ग्राहकले एनसेल नेटवर्क भित्र रहेका आफ्ना परिवारका सदस्य तथा साथीभाइलाई आफ्नो मेन ब्यालेन्सबाट निःशुल्क रुपमा ब्यालेन्स रकम उनीहरुको मोबाइलमा पठाउन तथा उनीहरुबाट प्राप्त गर्न पनि सक्नेछन् । हालको परिस्थितीलाई ध्यानमा राखी ब्यालेन्स ट्रान्सफरको सिमा एक दिनमा अधिकतम ३ पटकबाट २० पटक पुर्याइएको एनसेलले जनाएको …
पुरा पढ्नुहॊस »कोरोना विरुद्धको लडाईंमा भाटभटेनी समूहले गर्याे एक करोड सहयोग
काठमाडौं । भाटभटेनी समूहले कोरोना भाइरस (कोभिड–१९) विरोद्धको लडाईंमा तत्काल एक करोड रुपैयाँ खर्च गर्ने भएको छ । भाटभटेनी समूहले उक्त रकम सरकारले खडा गरेको कोरोना संक्रमण (कोभिड–१९) रोकथाम तथा नियन्त्रण कोषमा दिने समूहका अध्यक्ष मिनबहादुर गुरुङले बताएका छन् । ‘हाम्रो समूहले सरकारले खडा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषलाई एक करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउनेछ,’ गुरुङले भने, ‘हामी उक्त रकमको चेक तत्काल कोषलाई उपलब्ध गराउनेछौं, कोषले आवश्यकता अनुसार …
पुरा पढ्नुहॊस »चौधरी ग्रुपले कोरोनासँग लड्न मेडिकल उपकरण सहयोग
चौधरी ग्रुप फाउन्डेसनले कोरोनासँग लड्न विभिन्न अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेको छ । लुम्बिनी प्रादेशिक अस्थायी कोरोना अस्पताल, भीम अस्पताल (भैरहवा), आयुर्वेद अस्पताल (दाङ) र प्रदेश प्रहरी अस्पताल (नेपालगन्ज) का लागि पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई), अक्सिजन उपकरण तथा सर्जिकल मास्कजस्ता अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ । फाउन्डेसनले परीक्षण किट, पीपीईलगायत अन्य संवेदनशील सामग्री उपलब्ध गराउन प्रयासरत रहेको जनाएको छ ।
पुरा पढ्नुहॊस »सेलपे सेवामारकम स्थानान्तरण Fund Transfer निस्शूल्क
नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्तभुक्तानी सेवाप्रदायक सेलकमप्रा. लि. को सेलपे सेवाले हालको स्थितिलाई ध्यानमा राखी भिडभाड र हुलमुलकमगर्नको लागि चैत्र ९, २०७६ देखि बैशाख १८, २०७७ सम्मको लागिरकमस्थानान्तरण सेवा निस्शूुल्क उपलब्ध गराउने भएको छ । हालविश्व भरी फैलिदै गरेको कोरोनाभाईरस (कोविड १९) को संक्रमणबाट बच्नको लागिसरकारबाट कुनैपनिप्रकारको भिडभाड र हुलमुलनगर्न सुझावआएको हुँदा, सेलपेकाग्राहकहरुलेसेलपेएप्पबाटआफ्नो घरमै बसीसरल र सहज माध्यमबाट वास्तविक समयमाकुनै पनि सेलपेमा आबद्ध भएका बैंकहरुकाग्राहकलाई रकमस्थानान्तरणगर्दा कुनै पनिसेवाशूल्कनलाग्ने ब्यवस्थामिलाईएको छ । …
पुरा पढ्नुहॊस »सुनको भाउ बढ्यो
काठमाडाैँ । नेपाली बजारमा आइतबारको तुलनामा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको हो। महासंघका अनुसार सोमबार नेपाली बजारमा सुन तोलाको ७७ हजार रुपैयाँ रहेको छ। आइतबार सुनको मूल्य ७६ हजार ५ सय रुपैयाँ तोला थियो। सुन गएको ६ दिन यताकै महंगो भएको हो। चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी तोलाको ७२० रुपैयाँमा कारोबार भइरहेको छ।
पुरा पढ्नुहॊस »सोमबार अरु विदेशी मुद्राको भाउ घट्दा बहराइन दिनार भने बढ्यो
काठमाण्डौ । सोमबार अमेरिकी डलरको भाउ केही घट्दा अरु विदेशी मुद्राको भाउ पनि केही पैसा घटेको छ । तर बहराइन दिनार भने बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डलर एककोे खरिददर १२० रुपैयाँ र बिक्रीदर १२० रुपैयाँ ६० पैसा तोकेको छ । हिजो खरिददर १२० रुपैयाँ ०८ पैसा र बिक्रीदर १२० रुपैयाँ ६८ पैसा थियो । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०९ …
पुरा पढ्नुहॊस »सीमानाका बन्द भए पनि पेट्राेलियम पदार्थ आयात नरोकिने
काठमाडौं । सरकारले भारत र चीन दुवैतर्फ सीमानाका बन्द गर्ने निर्णय गरेपनि पेट्रोलियम पदार्थ आयात भने नरोकिने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्ले सात दिनसम्मका लागि नेपाल चीन तथा भारत तर्फका सिमाहरु तत्काल बन्द गर्ने निर्णय गरेपनि पेट्राेलियम पदार्थ, ग्यास आयात तथा ढुवानी निरन्तर चालु रहने जानकारी नेपाल आयल निगमले जनाएको हो । निगमका अनुसार सरकारले मानिसहरुकाे आवागमनमा राेक लगाएकाे हो । तर, अत्यावश्यक सेवाकाे काराेवार बन्द नभएको निगमको दाबी …
पुरा पढ्नुहॊस »