घट्न थाल्यो डलरको भाउ

काठमाण्डौ । अमेरिकी डलरको भाउ घट्न थालेको छ । बिहीबार अमेरिकी डलर १ को बिक्रीदर एक सय २१ रुपैयाँ ७२ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गएको मङ्गलबार अमेरिकी डलर १ को बिक्रीदर अहिलेसम्मकै महँगो अर्थात् एक सय २२ रुपैयाँ ३४ पैसा पुगेको थियो ।

मङ्गलबारको भाउमा ५१ पैसाले घटेर बुधबार अमेरिकी डलर १ को बिक्रीदर एक सय २१ रुपैयाँ ८३ पैसा तोकिएको थियो । बिहीबार त्यसमा पनि ११ पैसाले घटेको हो । आज अमेरिकी डलर १ को खरिददर १ सय २१ रुपैयाँ १२ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस