आर्थिक

थन्कियो विद्युतीय बस सञ्चालन गर्ने निर्णय, उद्घाटन गरिएका बस अलपत्र

काठमाडौँ । सरकारले तीन सयवटा विद्युतीय बस सञ्चालन गर्ने निर्णय गरेको पाँच महिना पुगेकाे छ । सन् २०२० सम्ममा २० प्रतिशत विद्युतीय सवारी पु¥याउने सरकारको लक्ष्य छ तर काम सुरु अझै हुनसकेको छैन । २० प्रतिशत विद्युतीय सवारी सङ्ख्या पु¥याउन एक वर्ष बाँकी छ । सडकमा एउटा पनि विद्युतीय बस गुड्न सकेको छैन । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले गत पुसमा विद्युतीय बस खरिदका बारेमा यातायात व्यवस्था विभागलाई अध्ययन …

पुरा पढ्नुहॊस »

मजदुर–कर्मचारीको २२ अर्बमा सरकारको यस्तो रजाइँ

काठमाडाैँ । मजदुर कर्मचारीको हकहित एवं सुरक्षाका नाममा सामाजिक सुरक्षा करबापत सरकारले उठाएको २२ अर्ब रुपैयाँभन्दा धेरै रकम अर्थ मन्त्रालयले आफ्नै तजबिजले खर्च गरेको छ। सरकारले अर्थ मन्त्रालयलाई मुलुकभर आर्थिक अनुशासन कायम गराउने जिम्मेवारी दिएको छ। तर अर्थ मन्त्रालयले गरिब मजदुर एवं कर्मचारीबाट सामाजिक सुरक्षा करका नाममा संकलन गरेको २२ अर्ब दुई करोड ६४ लाख रुपैयाँ आफ्नै तजबिजले खर्च गरेको हो। यो खबर आजको नागरिक दैनिकले छापेको छ। सरकारले मजदुर–कर्मचारीको सुरक्षाका …

पुरा पढ्नुहॊस »

सेयर बजारमा सट्टेवाज हावी

काठमाडाैँ । सेयर बजारमा सट्टेवाज हावी भएपछि अस्वाभाविक उचारचढाव देखिन थालेको छ। सट्टेवाजले बजार चलाउन थालेपछि साना तथा नयाँ लगानीकर्तामा अन्योल उत्पन्न भएको खबर आजको कारोबार दैनिकमा भुवन पौडेलले लेखेका छन्। पछिल्ला केही साता उच्च अंकले बढेको सेयर बजारमा गत साताको मध्यदेखि करेक्सन सुरु भएको थियो। चार दिन निरन्तर घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार पुनः करिब २२ अंकले बढेको छ। यो साताको महिलो दिन आइतबार १६ अंकले वढेको …

पुरा पढ्नुहॊस »

आई.एम.एस्. ग्रुपले मनायो २७ औं वार्षिकोत्सव

काठमाडाैं ।आई.एम.एस्. ग्रुप आफ्नो स्थापनाको २७ औं वर्षमा सफलताका साथ प्रवेश गरेको छ । विश्वकै नम्बर १ मोबाइल फोन ब्राण्ड सामसुङ र कोरियन गाडी स्याङ्योङ मोटर्स तथा अन्य अन्तर्राष्ट्रिय ब्राण्डहरुका नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता, आई.एम.एस्. ग्रुप अन्तर्गत २० भन्दा धेरै कम्पनीहरु रहेका छन् । आई.एम.एस्. ग्रुपले राजधानीको होटल अन्नपूर्णमा २७ औं वार्षिकोत्सव मनाएको थियो । उक्त कार्यक्रम ग्रुपका अध्यक्ष दीपक मलहोत्रा, कम्पनीका डिरेक्टर विमल सावर्थिया, ग्रुपका प्रेसिडेण्ट एण्ड सिइओ दिकेश …

पुरा पढ्नुहॊस »

प्राधिकरणको एक खर्ब ५६ अर्ब बजेट स्वीकृत

काठमाण्डाै । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आगामी आर्थिक वर्ष २०७६/७७ लागि एक खर्ब ५६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ भएको प्राधिकरणको निर्देशक समितिको १५ औँ बैठकले आगामी आवको बजेट तथा कार्यक्रम स्वीकृत गरेको हो । निर्देशक समितिको बैठकले प्राधिकरणको आगामी बजेट तथा कार्यक्रम स्वीकृत गर्दै सोही आधारमा कार्यक्रमलाई प्रभावकारीरुपमा अघि बढाउने निर्णय भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । बैठकले प्राधिकरणको …

पुरा पढ्नुहॊस »

सुन प्रतितोला ५९ हजार १ सयमा कारोबार

काठमाडाैँ । सुन आज प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ। चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँ बढेको हो।

पुरा पढ्नुहॊस »

नमुना बन्दै भेरी-बबई डाइभर्सन

काठमाडाैँ । नेपालमा जब उत्साहका साथ नयाँ राष्ट्रिय गौरवका आयोजना सुरु हुन्छन् तब देशको आर्थिक विकासमा टेवा पु¥याउने विश्वास पलाउँछ जनतामा। तर आयोजना सुरुवातसँगै एउटा प्रश्न पेचिलो बन्दै जान्छ- आयोजना कहिले पूरा हुन्छ? राष्ट्रिय गौरवका आयोजनाले जनताको मन जित्न नसकिरहेका बेला उदाहरणीय बनेको छ– भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, जसले बाँके, बर्दिया र सुर्खेतका जनतामा नयाँ उत्साह जगाएको छ। बाँकेबाट कमल खत्रीले लेखेको यो खबर आजको नागरिक दैनिकमा छापिएको छ। कर्णाली र ५ नम्बर प्रदेशका …

पुरा पढ्नुहॊस »

१२ वर्षछि जापान उड्दै निगमको जहाज, आइतबारदेखि टिकट

काठमाडाैँ । वायु सेवा निगमले १२ वर्षपछि चीनको सांंघाई हुँदै जापानको ओसाकासम्म व्यावसायिक उडान सुरु गर्ने भएको छ। यसअघि निगमले करिब १३ वर्ष काठमाडौं-ओसाका उडान गरेको थियो। निगमले मध्य असारदेखि वाइडबडी विमानमार्फत सातामा तीन दिन जापानमा सिधा उडान गर्ने जनाएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन्। ‘जापान उडान गर्ने अब निश्चित भयो,’ निगमका सहायक प्रवक्ता नवराज कोइरालले भने, ‘असार १९ गतेदेखि ओसाकामा नियमित उडान गर्छौँ।’ उनका अनुसार आइतबारदेखि टिकट …

पुरा पढ्नुहॊस »

नेपाल स्टक एक्सचेन्जको शाखारहित ब्रोकर सेवा अवधारणाकाे तयारी सुरु, धितोपत्र बोर्डमा प्रस्ताव

काठमाडौँ । ब्रोकर नभएका कारण दोस्रो बजारमा शेयर कारोबार गर्न नपाउने अवस्थाको अन्त्य गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शाखारहित ब्रोकर सेवा अवधारणाकाे तयारी सुरु गरेकाे छ। ब्रोकर कम्पनीले ग्रामिण क्षेत्रमा आफ्ना प्रतिनिधिमार्फत कारोबार गराउने व्यवस्थासहित यो अवधारणा नेप्सेले सुरु गरेकाे हाे । नेप्सेले धितोपत्र ऐन २०६३ अनुसार बजार प्रतिनिधि राखेर कारोबार गर्न पाउने व्यवस्था कार्यान्वनमा लैजान नेपाल धितोपत्र बोर्डमा प्रस्ताव गरेको छ। ऐनको दफा ५७को उपदफा(२)को दफा (१)को (ख)मा …

पुरा पढ्नुहॊस »

सन नेपाल लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सबीच सम्झौता

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्स बीच बैकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा  इन्स्योरेन्सको तर्फबाट मुख्य बजार विकास प्रवद्र्धक  राजु के.सी. र फाइनान्सको तर्फबाट डेपुटी सिइओ राजु मोहन भट्टराईले हस्ताक्षर गरे। सम्झौतापछि पोखरा फाइनान्सका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवा सहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स …

पुरा पढ्नुहॊस »