आर्थिक

दिगो आर्थिक विकास, नवीकरणीय ऊर्जा र मातृशिशु कार्यक्रमका लागि जर्मनीले ३ अर्ब अनुदान दिने

काठमाण्डौ । जर्मन सरकारले नेपालको दिगो आर्थिक विकास, नवीकरणीय ऊर्जा र मातृशिशु कार्यक्रमका लागि ३ अर्ब ४ करोड रुपैयाँ अनुदान सहायता दिने भएको छ । मातृशिशु मृत्युदर कम गर्न, नवीकरणीय उर्जाको विकास र विस्तार गर्न तथा दिगो  र वातावरणमैत्री विकासमा जर्मन सरकारले ३ अर्ब ४ करोड रुपैयाँ अनुदान दिन लागेको अर्थ मन्त्रालयले जनाएको छ । अनुदान सहयोगको सम्झौतामा नेपाल र जर्मन सरकारबीच शुक्रबार अर्थ मन्त्रालयमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ …

पुरा पढ्नुहॊस »

नबिल बैंक र लायन्स क्लबबीच सम्झौता

काठमाडौं । नबिल बैंक तथा लायन्स मल्टिपल डिस्ट्रिकबीच लायन्स सदस्यहरुलाई नबिल भिषा क्रेडिट कार्ड उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतासंगै नेपालका लायन्स सदस्यले नबिल बैंक मार्फत सहजै क्रेडिट कार्ड लिन सक्नेछन् भने हरेक कार्ड बापत लायन्स क्लबको सामाजिक कार्यमा नबिल बैंकको सहकार्य रहने जनाइएको छ । उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्दै नबिल बैंकका नायब महाप्रबन्धक बिनयकुमार रेग्मीले यस सहकार्यले लायन्स क्लब तथा सदस्य मात्र नभई सामाजिक कार्यमा …

पुरा पढ्नुहॊस »

आइएमई लाइफ र आईसिएफसि फाइनान्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनी  र आईसिएफसि फाइनान्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रवन्धक आशिष सिंह र आईसिएफसि फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुनिल पन्तले हस्ताक्षर गरेका छन् । सो बैंकास्योरेन्स सम्झौतापश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले आईसिएफसि फाइनान्स लिमिटेडको कुनैपनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

बिहीबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

काठमाण्डौ । बिहीबार रियाल, रिंगिट, दिर्हाम लगायतका सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११० रुपैयाँ ५६ पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११० रुपैयाँ ५९ पैसा तोकेको  थियो । साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३२ पैसा र बिक्रीदर २९ रुपैयाँ ४८ पैसा छ । हिजो खरिददर २९ …

पुरा पढ्नुहॊस »

साझा यातायातलाई अशोक लेलैण्डद्वारा २० थान बस हस्तान्तरण

काठमाडौं । आइ.एम.ई. ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्डले धेरै प्रतीक्षा पछि वातावरणमैत्री यूरो–४ मापदण्डका २० थान  Lynx Smart, ,सहरी बसको हस्तान्तरण नेपालमा बिक्री वितरणको सुरुवात काठमाडौँमा एक कार्यक्रम मार्फत साझा यातायातलाई हस्तान्तरण गरेको छ । धेरै अद्वितीय विशेषताहरु Lynx Smart, बसमा डिजाइन गरिएका छन्, जो आधुनिक टेक्नोलोजिद्घारा डिजाइन र प्रमाणित गरिएको हो, साथै अनिवार्य मापदण्डहरु भन्दा अतिरिक्त सुरक्षा प्रदान गर्दछ । Lynx Smartको विशेषताको रुपमा …

पुरा पढ्नुहॊस »

मंगलबार सबै विदेशी मुद्राको भाउ घट्यो

काठमाण्डौ । मंगलबार अमेरिकी डलरसहति सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ०२ पैसा र बिक्रीदर ११० रुपैयाँ ६२ पैसा तोकेको छ । हिजो खरिददर ११० रुपैयाँ १३ पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा तोकेको  थियो । साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २९ रुपैयाँ ५० पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ३७ पैसा …

पुरा पढ्नुहॊस »

असारे विकास : दिनहुँ साढे ४ अर्ब सकिँदै

काठमाडाैँ । एजन र संसदीय समितिको निर्देशन विपरीत सरकारले बजेटको अत्यधिक रकम असारमा खर्च गरिरहेको छ । असारका १५ दिनको तथ्यांक हेर्दा दिनहुँ औसतमा साढे ४ अर्ब रुपैयाँका दरले बजेट खर्च भइरहेको छ । आर्थिक वर्षको सुरुका महिनामा खर्च नगर्ने र असार लागेपछि अत्यधिक खर्चिने प्रवृत्ति रोक्न यसै वर्ष संसदको अर्थ समितिले अन्तिम महिनामा कुल बजेटको १० प्रतिशतभन्दा बढी खर्च गर्न नपाइने व्यवस्था गरेको छ । तर १५ दिनमै बजेटको …

पुरा पढ्नुहॊस »

सुनको मूल्य ५ सय घट्यो

काठमाडाैँ । सुन आज प्रतितोला ५ सय रुपैयाँ घटेको छ। अघिल्लो दिन ६५ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ। अन्तर्रा्ष्ट्रिय बजारमा पनि सोमबार सुनको मूल्यमा सामान्य कमी आएको छ। यद्यपी एक महिनामा सुनको मूल्य ५ हजार ५ सय रुपैयाँले बढेको छ। जेठ १५ गते प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। अमेरिका र …

पुरा पढ्नुहॊस »

सोमबार आइतबारकै मूल्यमा सबै विदेशी मुद्रा किनबेच गर्न सकिने

काठमाण्डौ । सोमबार आइतबारकै मूल्यमा सबै विदेशी मुद्रा किनबेच गर्न सकिन्छ । सबै विदेशी मुद्राको भाउ आइतरबार जस्तै छ । नेपाल राष्ट्र बैंकले सोमबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ १३ पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा तोकेको छ । हिजो खरिददर ११० रुपैयाँ १३ पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा तोकेको  थियो । साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३७ पैसा र बिक्रीदर २९ रुपैयाँ ५३ …

पुरा पढ्नुहॊस »

निटको टायलको आधुनिक शोरूम सानोभञ्याङमा

काठमाडौं । निटको कम्पनीले काठमाडौंको सानोभञ्याङमा शनिवार आधुनिक शोरूम सञ्चालनमा ल्याएको छ । निटको कम्पनीका अन्तरराष्ट्रिय प्रतिनिधि दिवाङ्ग क्षेदाले उक्त शोरूमको उद्घाटन गरेका हुन् । उक्त अवसरमा कम्पनीले नयाँ डिजाइनका टायल भोल्गा ब्ल्यू सिरिज, ब्ल्यू स्टोन सिरिजका टायल सार्वजनिक गरेको छ । निटकोले ५० भन्दा बढी डिजाइनका टायल उत्पादन गरी बजारमा ल्याएको छ । शोरूम उद्घाटनका अवसरमा क्षेदाले निटकोले अन्तरराष्ट्रिय बजारमा गुणस्तरीय र विभिन्न डिजाइनमा टायल, मार्वल उत्पादन गर्दै आएको …

पुरा पढ्नुहॊस »