काठमाडौं । इसेवाले रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ । कोरोना भाइरसको प्रकोपका कारण सबैजना घरमा बसिरहेको बेला यो अफरबाट इसेवा खातामा रिफरल बोनस प्राप्त गर्न सकिन्छ । अफर अन्तर्गत इसेवा चलाउन सिकाए बापत प्रतिग्राहक ८० रुपैयाँसम्म प्राप्त गर्न सकिन्छ । इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने ‘हरेक नेपालीलाई डिजिटल कारोबारमा जोड्ने उदेश्यका साथ यो योजना सुरु गरिएको हो ।’ इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था …
पुरा पढ्नुहॊस »पेट्रोल तथा डिजेल १० रुपैयाँले घट्यो
आज नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य घटाएको छ। नेपाल आयल निगमले बुधवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएकाे हाे । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ९६ रुपैयाँ र डिजेलको मूल्य ८५ रुपैयाँ पर्नेछ।
पुरा पढ्नुहॊस »हेर्नुहाेस् आजकाे विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार रहेको छ ।
पुरा पढ्नुहॊस »मोबाइल बैंकिङ नभए कार्डबाटै यसरी गर्नुस् रिचार्ज
काठमाडौ । सरकारले कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेको छ । जसका कारण कुनै पनि मानिस घर बाहिर निस्केका छैनन । बजार जता ततै बन्द छन् । यस्तो बेला सञ्चार सुविधाको पनि समस्या हुने भएकाले नेपाल टेलिकमले नयाँ सेवा प्रदान गरिरहेको छ । कतिको त मोबाइलमा ब्यालेन्स नभएर कसैसँग सम्पर्कमा नहुने अवस्था पनि आइरहेको हुनसक्छ भने कतिको मोबाइलमा मोबाइल बैंकिङ सुविधा पनि हुन सक्छ । …
पुरा पढ्नुहॊस »अन्तर्राष्ट्रिय मुद्रा कोषबाट १३ अर्ब ऋण लिने सरकारको तयारी
काठमाडौं । सरकारले आर्थिक अभावलाई पूर्ति गर्न अन्तर्राष्ट्रिय सहायता परिचालनमा बढी ध्यान दिने रणनीति लिएको छ । कोरोनाका कारण उत्पन्न संकटसँग जुध्नका लागि हुनसक्ने आर्थिक अभावलाई पूर्ति गर्न सो रणनीति लिएको हो । राजश्व धेरै उठ्ने गाडीको आयातमा झन कडाइ गरेको सरकारले सहायतातिर जोड दिने रणनीति लिएको छ । सरकारका प्रवक्ता तथा अर्थन्त्री डा युवराज खतिवडाका अनुसार सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट १३ अर्ब ऋण लिने भएको छ । कोषले दिने …
पुरा पढ्नुहॊस »राष्ट्र बैंकको विशेष प्याकेज : बैंकको साँवा ब्याज तिर्न तीन महिना समय
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकका ऋणीहरुलाई सहुलियत दिएको छ । अब बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीहरुले साँवा र ब्याज असार मसान्तसम्ममा भुक्तानी गर्दा हुने भएको छ । राष्ट्र बैंकले आज (आइतबार) परिपत्र जारी गर्दै यस्तो सहुलियत दिने व्यवस्था गरेको हो । ‘कोरोना भाइरसले गरेको असरका कारण बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरुले समयमै सावाँ ब्याज भुक्तानी गर्न नसक्ने अवस्था उत्पन्न भएपछि यस्तो व्यवस्था गर्नु परेको हो,’ परिपत्र …
पुरा पढ्नुहॊस »आइएमई पेद्वारा नयाँ योजना प्रस्तुत
काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले हाल देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना सेवाग्राहीहरूको सुविधाका लागि आफ्नो मोबाइल वालेट एप– ‘आइएमई पे’ मार्फत् ‘ चार गुण सशक्त ’ नाम दिइएको नयाँ योजना प्रस्तुत गरेको छ । हालका लागि ‘आइएमई पे’ मोबाइल वालेट खातामा निम्न सुविधाहरू हाल प्रस्तुत गरिएको छः– वालेटको ब्यालेन्समा ४ प्रतिशत ब्याजदरको सुविधा आइएमई पे सुपर वालेट प्रयोग गर्ने सेवाग्राहीहरुले यो योजनाअनुसार वालेटको ब्यालेन्समा त्रैमासिक रुपमा …
पुरा पढ्नुहॊस »कति पर्छ आधा सिलिण्डर ग्यासको मूल्य?
काठमाडौं । नेपाल आयल निगमले ग्यास उद्योगीलाई आधा सिलिण्डर ग्यास बजारमा पठाउन निर्देशन दिएको छ । सिलिण्डरको व्यवस्थापन गर्न निगमले उक्त निर्देशन दिएको बताएको छ । उक्त निर्देशन शुक्रबारबाट लागु भएको एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले बताए । उनका अनुसार आजबाट बजार आधा सिलिण्डर ग्यास बजारमा गएको छ । अब प्रति सिलिण्डर ७.१ केजी ग्यास उपभोक्ताले पाउँनेछन् । यसअघि प्रतिसिलिण्डर १४.२ केजी ग्यास हुने गर्थ्याै । यससँगै दाङ, …
पुरा पढ्नुहॊस »सन्दिप लामिछानेले कोरोना कोषलाई १ लाख दिने
काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले सरकारको कोरोना कोषलाई १ लाख दिने भएका छन् । उनले ट्विट गर्दै कोरोना कोषमा १ लाख दिने घोषणा गरेका हुन् । ‘सरकारको कोरोना कोषमा १ लाख दिने घोषणा गर्दछु । यस्तो संकटको बेलामा हामीले कसैलाई बिर्सिनुहुन्न,’ ट्विटमा सन्दिपले भनेका छन् । उनले सबैलाई यो समयमा सुरक्षित रहन पनि आग्रह गरेका छन् । यसअघि गायक प्रकाश सपूतले पनि कोरोना कोषमा २ लाख दिने घोषणा …
पुरा पढ्नुहॊस »कोरोना विरुद्धको लडाईंमा विशाल ग्रुपको एक करोड सहयोग
काठमाडौं । विशाल ग्रुपले कोरोना भाइरस (कोभिड–१९) विरोद्धको लडाईंमा एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । उक्त रकमबाट आवश्यक उपकरण तथा सावधानीका सामग्री खरिद गर्न सकिनेछ । “यो संकटविरुद्ध लागिरहेका स्वास्थ्यकर्मी र यसको प्रभाव भोगिरहेकालाई सहयोग गर्न प्रतिबद्ध सबै सहकर्मीहरूप्रति विशाल ग्रुप धेरै गर्व गर्छ, आशा छ हाम्रो यो सहयोगले स्वास्थ्यकर्मी र सर्वसाधारणलाई केही राहत दिनेछ,” ग्रुपले विज्ञप्तिमा जारी गरेको छ ।
पुरा पढ्नुहॊस »