सीमानाका बन्द भए पनि पेट्राेलियम पदार्थ आयात नरोकिने

काठमाडौं । सरकारले भारत र चीन दुवैतर्फ सीमानाका बन्द गर्ने निर्णय गरेपनि पेट्रोलियम पदार्थ आयात भने नरोकिने भएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्ले सात दिनसम्मका लागि नेपाल चीन तथा भारत तर्फका सिमाहरु तत्काल बन्द गर्ने निर्णय गरेपनि पेट्राेलियम पदार्थ, ग्यास आयात तथा ढुवानी निरन्तर चालु रहने जानकारी नेपाल आयल निगमले जनाएको हो ।

निगमका अनुसार सरकारले मानिसहरुकाे  आवागमनमा राेक लगाएकाे हो । तर, अत्यावश्यक सेवाकाे काराेवार बन्द नभएको निगमको दाबी छ । साथै, निगमका आ-आफ्ना क्षेत्रका कार्यलप प्रमुख तथा ढुवानी व्यवसायीहरुले स्थानिय प्रशासन तथा भंसार संग समन्वय गरी पेट्राेलियम पदार्थकाे ढुवानी कार्य सूचारुराख्न हुन समेत जानकारी गराएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य