आर्थिक

तिहारकै बेला बढाइयो हवाई भाडा, कुन गन्तव्यको कति ? (सूचीसहित)

काठमाडौं । आन्तरिक उडानको हवाई भाडा बढेको छ । हवाई इन्धनमा खर्च (फ्यूल सजचार्ज) बढ्दा हवाई भाडा पनि बढेको हो । वायुसेवा सञ्चालक संघले एक सूचना जारी गर्दै नयाँ भाडादर सार्वजनिक गरेको छ । आन्तरिक उडानतर्फ न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ४४० रुपैयाँसम्म भाडा बढेको संघले जानकारी दिएको छ ।

पुरा पढ्नुहॊस »

इसेवा मनी ट्रान्सफर र कतारको अलदार एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता

इसेवा मनी ट्रान्सफरले कतारको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी अलदार एक्सचेन्जसँग रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ। यस सम्झौतासँगै कतारमा रहेका नेपालीले अलदार एक्सचेन्जको कतारमा रहेका २१ वटा शाखामा गई इसेवा मनी ट्रान्सफरमार्फत सरल र भरपर्दो माध्यमबाट नेपाल पैसा पठाउन सकिनेछन्। अबदेखि  कतारमा रहेका नेपालीले अलदार एक्सचेन्जमार्फत इसेवा मनी ट्रान्सफरसँग आबद्ध नेपालका जुनसुकै बैंक खातामा र इसेवा वालेटमा सहजै पैसा पठाउन सकिनेछ। यसैगरी अलदार एक्सचेन्जमार्फत पठाएको रकम, इसेवा मनी ट्रान्सफरको देशभर रहेका ८ …

पुरा पढ्नुहॊस »

सुनको मूल्य प्रतितोला ५ सयले घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको  छ। आज सुन ५  सयले घटेको हो। आज छापावाला सुन प्रतितोला ९१ हजार ५ सयमा कारोबार भएको छ भने तेजाबी सुन ९१ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै चाँदीको मूल्य भने आज २५रुपियाँले घटेको छ। चाँदी आज एक हजार २५ मा कारोबार भइरहेको छ।

पुरा पढ्नुहॊस »

रियलमीले नेपाली बजारमा नयाँ फ्लागसिप किलर जीटी सिरीज अन्तर्गत ‘जीटी नियो २’ ल्याउँदै

तिव्रगतिमा आफ्नो बजार विस्तार गरिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले फ्लागसिप किलर जीटी सिरीज अन्तर्गत रियलमी जीटी नियो २ नेपाली बजारमा कार्तिक २४ गते ल्याउने घोषणा गरेको छ। यो फोन आकर्षक शुरुवाती मूल्यमा उपलब्ध हुनेछ। जीटी सिरीज रियलमीको फ्लागसिप सिरीज अन्तर्गत पर्दछ। जसमा प्रविधिप्रेमीहरुको लागि नवीन प्रविधि र आकर्षक डिजाइन विशेषताका रुपमा रहेका छन्। अधिकाँश स्मार्टफोनहरुले जीटी सिरीजको फ्लागसिपको व्यापक अनुभव गराउन सक्दैनन्। रियलमीले यस किसिमका प्रयोगकर्ताहरुको माग पुरा गर्ने लक्ष्य राखेर …

पुरा पढ्नुहॊस »

सुन–चाँदीको भाउ बढ्यो, तोलाको कति ?

काठमाडौं  । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज   सुन २ सयले बढेको  हो। आज छापावाला सुन प्रतितोला ९२ हजारमा   कारोबार भएको छ भने तेजाबी सुन  ९१ हजार  ५ सयमा कारोबारभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै चाँदीको मूल्य भने आज  ५रुपियाँले  घटेको छ। चाँदी आज एक हजार२५०  मा कारोबार भइरहेको छ।

पुरा पढ्नुहॊस »

बैंकहरूको नाफा २४ प्रतिशतले वृद्धि

काठमाडौं । कोराना महामारीका कारण प्रभावित भएको बैंकिङ क्षेत्रमा पुनरुत्थान (रिकभरी) को संकेत देखिन थालेको छ । कोरोना भाइरस नियन्त्रण गर्न २०७६ चैतयता पटकपटक लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाले बैंकिङ क्षेत्र पनि प्रभावित भएको थियो । तर, अहिले भने बैंकिङ क्षेत्र पुनरुत्थानको बाटोमा गएको छ । वाणिज्य बैंकहरूले सोमवारसम्म सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकहरूको नाफा २४ प्रतिशतले वृद्धि भएको …

पुरा पढ्नुहॊस »

सेलपे कार्टबाट सामान खरिद गरेमा २५०० सम्मको क्यासब्याक पाउने

काठमाडौं । सेलपेले तिहारलाई लक्षित गर्दै क्यासब्याक याेजना ल्यएकाे छ । यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपे कार्टबाट सामान खरिद गरेमा ५ प्रतिशत (२५००) सम्मको क्यासब्याक पाउनेछन् । ग्राहकले ५ प्रतिशत अथवा (२५००) सम्मको क्यासब्याक पाउनका लागि चेकआउट गर्दा कुपन कोड tihar राखी चेकआउट गर्नुपर्ने छ । यो योजना कात्तिक १५ गतेदेखि २० गतेसम्म लागू हुने विज्ञप्तिमा उल्लेख छ ।  

पुरा पढ्नुहॊस »

सुनको मूल्य एक सय रुपैयाँले बढ्यो

काठमाडौं  । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएकोमा साेमबार एक सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको हो। साेमबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार ७०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार एक सय रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी …

पुरा पढ्नुहॊस »

मोबाइल इन्टरनेट : फोरजीमा थपिए, थ्रीजीमा घटे

काठमाडौं । चौथो पुस्ताको प्रविधि फोरजी विस्तारमा दूरसञ्चार सेवा प्रदायकहरूले जोड दिँदा मोबाइल इन्टरनेटको पहुँच पनि व्यापक बढ्न थालेको छ । एक महिनाकै अन्तरमा ११ लाखभन्दा बढीले फोरजी प्रयोगकर्ता बढ्नु यसको पछिल्लो उदाहरण हो । नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार सार्वजनिक गरेको नेपालको दूरसञ्चारसँग सम्बन्धित तथ्याङ्कअनुसार भदौसम्म नेपालमा फोरजी प्रयोगकर्ताको संख्या एक करोड २१ लाख ७० हजार नाघेको छ । जब कि साउनसम्म फोरजी प्रयोग गर्नेको संख्या एक करोड १० लाख …

पुरा पढ्नुहॊस »

नेपाल एयरलाइन्सकाे अछाम-धनगढी हवाइ भाडा एक हजारले घट्याे

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको हवाइ भाडा घटाएको छ। निगमले अछाम-धनगढी उडानमा १ हजार २५ रुपैयाँ भाडा घटाएकाे हाे। अब भाडादर २ हजार ८ सय ८५ कायम गरिएको नेपाल एयरलाइन्स धनगढी-अछामका सम्पर्क व्यक्ति कृष्ण कुँवरले बताए। यसअघि अछाम-धनगढी हवाइ भाडा ३ हजार ९ सय १० रुपैयाँ थियाे। नयाँ भाडादर आज सोमबारबाट लागू हुनेछ। समिट एयरको भाडादर भने पूरानै अर्थात् ३ हजार ५ सय ५० रुपैयाँ कायम …

पुरा पढ्नुहॊस »