आर्थिक

सुनको मूल्य तोलामा ४ सयले बढ्यो

काठमाडौं । विहिबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४ सयले बढेर ९२ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाला सुन तोलाको ९२ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रहेको छ । त्यसैगरी विहिबार चाँदीको मूल्य स्थिर रहदै प्रतितोला १२५० मा कारोबार भइरहेको …

पुरा पढ्नुहॊस »

चिनीको मूल्यमा मनपरी

काठमाडौं । चाडपर्वको समयमा सरकारी कम्पनीसँग चिनीको अभाव भएको मौका छोप्दै व्यापारीहरूले मनपरी रूपमा चिनीको मूल्य बढाएका छन् । दशैं अघिसम्म प्रतिकिलो ९० रुपैयाँ रहेको चिनीको मूल्य तिहार शुरू हुन लाग्दा प्रतिकिलो ९५ देखि १ सय रुपैयाँसम्म पुगेको बताइएको छ । ठूला व्यापारी र बिचौलियाको मिलेमतोमा मनपरी रूपमा चिनीको मूल्य बढाइएको छ । पसलैपिच्छे चिनीको मूल्य फरक रहेको पाइएको छ । बुधवार कीर्तिपुरको नयाँँबजारमा तिहारका लागि किनमेल गर्न आएकी सुनयना …

पुरा पढ्नुहॊस »

१८ अंकले बढ्यो सेयर परिसूचक

काठमाडौं  ।साताको पहिलो दिन देखी नै उकालो लागेको नेप्से परिसूचकले बुधबार पनि निरन्तरता पाएको छ । मंगलबार ७८.८२ अंकले बढेको नेप्से परिसूचक बुधबार पनि १८.०६ अंकले बढेर २ हजार ७६९.१३ अंकमा पुगेको छ। आज कुल ६ अर्ब ६१ करोड रुपैयाँको कारोबार भयो । हिजो ६ अर्ब ३१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

पुरा पढ्नुहॊस »

सुन–चाँदीको भाउ घट्यो, तोलाको कति ?

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज   सुन ६सयले घटेको  हो। आज छापावाला सुन प्रतितोला ९२ हजारमा   कारोबार भएको छ भने तेजाबी सुन  ९१ हजार  ५ सयमा कारोबारभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै चाँदीको मूल्य भने आज १५ रुपियाँले  घटेको छ। चाँदी आज एक हजार२५०  मा कारोबार भइरहेको छ।

पुरा पढ्नुहॊस »

शुक्रबार बाँडफाँट हुँदै मध्यभोटेकोशीको आईपीओ

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

मध्यभोटेकोशी जलविद्युत कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ। आईपीओको बाँडफाँट शुक्रबार बिहान ९ बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा हुने तय भएको छ। आईपीओ बिक्री बन्द हुँदासम्म यसमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट तीन करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको थियो। जुन सर्वसाधारणबाट माग गरिएको भन्दा चार दशमलव १९ गुणा बढी हो। मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाबाट वितरण …

पुरा पढ्नुहॊस »

सरकारले विद्युतीय यातायातलाई बढावा दिन्छः ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ​विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताएकी छिन्। मंगलबार काठमाडौंमा महिन्द्राद्वारा ८ लाख ४० हजारको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताएकी हुन्। उनले आजसम्म नेपालीलाई चाहिने जलविद्युतको पर्याप्त उत्पादन गरिसकेको बताउँदै अबको बाटो आफ्नै देशमा विद्युतीय सवारीसाधनसहित विद्युतीय सामानहरु बढाउने रहेको बताइन्। मन्त्री भुसालले असन्तुलित अर्थतन्त्रलाई सन्तुलित बनाउन विद्युतीय सवारी साधनहरुले सहयोग गर्ने पनि स्पष्ट पारिन्। विद्युतीय …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक ७८.८२ अंकले बढ्यो

काठमाडौं  । सोमबार हरियाली छाएको नेप्से परिसूचकले मंगलबार पनि निरन्तरता पाएको छ। सोमबार नेप्से परिसूचक ८७.६३ अंकले बढेको नेप्से परिसूचक मंगलबार पनि ७८.८२ अंकले बढेर २ हजार ७५१.०७ अंकमा पुगेको छ। गत आइतबार पनि २६.९६ अंकले वृद्धि भएको थियो। पछिल्लो तीन दिनमा मात्रै नेप्से परिसूचक २२९.४१ अंकले वृद्धि भएको छ। नेप्से परिसूचक उच्च अंकले वृद्धि भए पनि नेप्से कारोबार रकम भने वृद्धि हुन अझै सकेको छैन। अन्य दिनको भन्दा मंगलबार भने …

पुरा पढ्नुहॊस »

वर्षाका कारण सात अर्ब २२ करोडको धानबाली नष्ट

वर्षाका कारण धानबालीमा रु सात अर्ब २२ करोड क्षति भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यका अनुसार करिब ६८ हजार हेक्टर क्षेत्रफलमा दुई लाख ५८ हजार ९२ मेट्रिकटन परिमाणमा धानको क्षति भएको छ। सबैभन्दा धेरै लुम्बिनी प्रदेशका बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देहीमा करिब ४२ हजार हेक्टरमा एक लाख ६१ हजार २२३ मेट्रिकटन धान नोक्सान हुँदा रु चार अर्ब ५१ करोड क्षति भएको छ। सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक ८७.६३ अंकले बढ्यो

काठमाडौं  ।दशैंपछि लगाताररुपमा गिरावट आएको नेप्से परिसूचकमा सोमबार भने हरियाली छाएको छ । निरन्तर गिरावट आएर नेप्से २४ सय अंकको लाइनमा झरेको थियो। तर, सोमबार नेप्से परिसूचक ८७.६३ अंकले बढेर २ हजार ६७२.२५ अंकमा पुगेको छ। आइतबार २६.९६ अंकले बृद्धि भएको थियो। नेप्से परिसूचक उच्च अंकले बृद्धि भए पनि नेप्से कारोबार रकम भने बृद्धि हुन सकेको छैन। सोमबार कारोबारमा आएका २२९ कम्पनीको ८३ लाख ९५ हजार ८६४ कित्ता शेयर ४ …

पुरा पढ्नुहॊस »

तीन सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज तीन सयले बढेको हो। आइतबार चार सयले बढेको थियो। आज छापावाला सुनको प्रतितोला ९२ हजार ४०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ९०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यता चाँदीको मूल्य आज ५ रुपैंयाँले बढेको छ। चाँदी आज एक हजार २६५ रुपैंयाँमा कारोबार भइरहेको छ।

पुरा पढ्नुहॊस »