तिव्रगतिमा आफ्नो बजार विस्तार गरिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले फ्लागसिप किलर जीटी सिरीज अन्तर्गत रियलमी जीटी नियो २ नेपाली बजारमा कार्तिक २४ गते ल्याउने घोषणा गरेको छ। यो फोन आकर्षक शुरुवाती मूल्यमा उपलब्ध हुनेछ।
जीटी सिरीज रियलमीको फ्लागसिप सिरीज अन्तर्गत पर्दछ। जसमा प्रविधिप्रेमीहरुको लागि नवीन प्रविधि र आकर्षक डिजाइन विशेषताका रुपमा रहेका छन्। अधिकाँश स्मार्टफोनहरुले जीटी सिरीजको फ्लागसिपको व्यापक अनुभव गराउन सक्दैनन्।
रियलमीले यस किसिमका प्रयोगकर्ताहरुको माग पुरा गर्ने लक्ष्य राखेर रियलमी जीटी नियो सिरीज लिएर आउँदैछन्। चीनको बजारमा सफल भइसकेको रियलमी जिटी नियो १० लाख भन्दा धेरै विक्री भइसकेको छ।
नियो फ्लागसिप किलर जसरी प्रस्तुत गरिएको रियलमी जीटी सिरीज को रियलमी जीटी नियो २ मा क्वालकम स्नापड्रागन ८ सिरीज मोबाइल प्लाटफर्म, अभूतपूर्व कुलिङ्ग सिस्टम, अल्ट्रा–हाइ नमुना दर र शक्तिशाली ब्याट्री लाइफ रहेको छ जसको घोषणा सामाजिक सञ्जालमार्फत रियलमीका को सीएमओ र चेसले गरेको थियो।
डिजाइन सधैं रियलमी जीटी सिरीजको महत्वपूर्ण पक्ष रहेको छ, र यसपटक रियलमी जीटी नियो २ उच्च प्रविधि र जीवन्तताको अवधारणा प्रस्तुत गर्नका लागि आकर्षक रंग नियो ग्रीनमा उपलब्ध हुनेछ।




