नेपाल एयरलाइन्सकाे अछाम-धनगढी हवाइ भाडा एक हजारले घट्याे

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको हवाइ भाडा घटाएको छ।

निगमले अछाम-धनगढी उडानमा १ हजार २५ रुपैयाँ भाडा घटाएकाे हाे। अब भाडादर २ हजार ८ सय ८५ कायम गरिएको नेपाल एयरलाइन्स धनगढी-अछामका सम्पर्क व्यक्ति कृष्ण कुँवरले बताए।

यसअघि अछाम-धनगढी हवाइ भाडा ३ हजार ९ सय १० रुपैयाँ थियाे। नयाँ भाडादर आज सोमबारबाट लागू हुनेछ।

समिट एयरको भाडादर भने पूरानै अर्थात् ३ हजार ५ सय ५० रुपैयाँ कायम रहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री