आधुनिक किचनका लागि माइडिया वाइफाइ रेफ्रिजेरेटर

काठमाडौं । अप्लाइन्स प्रोड्युसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आधुनिक किचनको लागि डिजाइन गरिएको साइड वाई साइड र मल्टी डोर (४ ढोका) भएको माइडिया रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको छ।

नेपालमा ग्राहकहरुबाट अत्यधिक माग बढेकाले सोहीअनुसार उपलब्ध गराइएको कम्पनीले बताएको छ। आकर्षक, कम्प्याक्ट र फ्लाट बाहिरी डिजाइनका यी रेफ्रिजेरेटरमा एमस्मार्टहोम एपमार्फत वाइफाइ कनेक्टिभिटीमार्फत स्मार्ट कन्ट्रोलको सुविधा छ। अफिस या घुम्न गएको बेला या घर बाहिर भएको बेला पनि सजिलै आफ्नो रेफ्रिजेरेटर कन्ट्रोल गर्न सकिने कम्पनीले बताएको छ।

इन्भर्टर क्वाट्रो मोटर कन्ट्रोल सिस्टम रहेकामाइडिया वाइफाइ रेफ्रिजेरेटरले ऊर्जाको सही उपयोग र बिजुलीको लागत घटाउँदै तपाईंको खानाको लागि लामो समयसम्म ताजापन सुनिश्चित गर्ने कम्पनीले दाबी गरेको छ। कम्पनीका अनुसार एक्सप्रेस कुलिङ सर्कलले तपाईंको मनपर्ने पेय पदार्थ र परिकारहरूको तत्काल आनन्द लिनको लागि चाँडै चिस्याउने सुनिश्चित गर्दछ, एक्टिभ सी फ्रेस प्रणालीले गन्धलाई कम राख्छ।

रेफ्रिजेरेटरमा भएको कन्भर्टिबल अप्सनले ग्राहकहरुलाई आवश्यकताअनुसार एउटा बटन दबाउँदै फ्रिजरलाई फ्रिजमा परिवर्तन गर्न सक्ने सुविधा छ। साइड वाई साइड ४८२ लिटर क्षमता र मल्टिडोर ५१९ लिटर क्षमतामा रहेको कम्पनीले बताएको छ। नयाँ प्रविधि जडित रेफ्रिजेरेटरमा १० वर्ष सम्मको वारेन्टी दिइएको छ।

नेपालभर रहेका आफ्ना २५० भन्दा बढी डिलर तथा सोरुमबाट सुपथ मूल्यमा उपभोक्ताले खरिद गरी लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ। साथै नयाँ वर्ष २०८१को अवसरमा माइडिया ब्रान्डको रेफ्रिजेरेटर खरदि गरि हरेक हप्ता इलेक्ट्रिक प्रेसर कुकर र बम्पर उपहारमा साइड वाई साइड रेफ्रिजेरेटर जित्न सकिने पनि कम्पनीले जनाएको छ।

माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, माइक्रोवेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् ।

शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

देशमा ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा, प्रतिकिलो १० रुपैयाँसम्म छुट

काठमाडौं । चाडपर्व लक्षित सुपथ मूल्य पसल बिहीबारदेखि सञ्चालनमा आएको छ । प्रमुख चाड दशैंतिहार …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds