पठाओले थप्यो ‘कार प्लस’ सुविधा, एसी जडित प्रिमियम कारमा यात्रा गर्न पाइने

काठमाडौँ । पठाओ नेपालले सोमबारदेखि कार प्लस सुविधा सुरु गरेको छ । कम्पनीले पठाओ कार (ट्याक्सी) भित्र नै कार प्लसको सुविधा थप गरेको हो ।

पठाओले प्रिमियम राइड लिन चाहने ग्राहकहरूका लागि यस्तो सुविधा ल्याएको जानकारी दिएको छ । नयाँ सेवा सुरु भएसँगै पठाओ कार राइड बुक गर्ने बेला रोज्न सकिने कम्पनीले जनाएको छ ।

कार प्लसका गाडीहरू राम्रोसँग मेन्टेन गरिएका, एसीसहित फराकिलो सिट सुविधासहित हुने पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।

यो फिचर हालको लागि काठमाडौँ उपत्यकामा मात्र लागु गरिएको र बाँकी सहरहरूमा समय अनुकूल विस्तार गरिने बस्न्यातको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जेठ १८ ‘सिइओ कन्फरेन्स’ हुने

काठमाडौँ । नेपाल व्यवस्थापन संघले जेठ १८ शुक्रवार सिइओ कन्फरेन्स आयोजना गर्ने भएको छ । …

प्रतिकृया दिनुहॊस

This will auto close after