तिहारकै बेला बढाइयो हवाई भाडा, कुन गन्तव्यको कति ? (सूचीसहित)

काठमाडौं । आन्तरिक उडानको हवाई भाडा बढेको छ । हवाई इन्धनमा खर्च (फ्यूल सजचार्ज) बढ्दा हवाई भाडा पनि बढेको हो । वायुसेवा सञ्चालक संघले बुधबार एक सूचना जारी गर्दै नयाँ भाडादर सार्वजनिक गरेको छ ।

आन्तरिक उडानतर्फ न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ४४० रुपैयाँसम्म भाडा बढेको संघले जानकारी दिएको छ । काठमाडौं-धनगढी हवाई भाडा सबैभन्दा बढी ४४० रुपैयाँ बढेको छ । यो रुटमा यसअघि फ्युल सजचार्ज ३८ सय रुपैयाँ रहेकोमा पछिल्लो पटक चार हजार २४० रुपैयाँ पुगेको छ ।

अन्यत्र भन्दा डोटी–साफेबगर उडानमा कम अर्थात ४५ रुपैयाँ भाडा बढेको छ । यसअघि यो रुटमा ३५५ रुपैयाँ इन्धन खर्च रहेकोमा अहिले ४०० रुपैयाँ पुगेको हो । पछिल्लो समय आयल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्याससँगै हवाई इन्धनको समेत मूल्य वृद्धि गरेसँगै हवाई भाडा समेत बढाउनु परेको संघले बताएको छ ।

सार्वजनिक नयाँ भाडा दरलाई नेपाल नागरिक उड्ययन प्राधिकरणले गत मंगलबार स्वीकृत गरेसँगै संघले आज सार्वजनिक गरेको हो । तिहारकै बेला हवाइ भाडा बढेपछि अब यात्रुले गोजीमा थप रकम जोहो गर्नुपर्ने भएको छ । तिहारका बेला मानिसको आउजाउ बढ्ने गर्छ ।

कुन गन्तव्यको भाडा कति ?

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल साइबर ओलम्पियाड-२०८१ : सूचना प्रविधिमा प्रतिस्पर्धात्मक क्षमताको विकास

काठमाडौं । सूचना प्रविधि क्षेत्रलाई प्रोत्साहित गर्ने उद्देश्यसहित नेशनल साइबर ओलम्पियाड–२०८१ को पाँचौं संस्करण पौष …

प्रतिकृया दिनुहॊस