आर्थिक

डिशहोमको १ वर्षमा २४ महिना योजना अन्तर्गत दुईजना ग्राहकले जिते एक लाख

१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डि.टि.एच.को सेवा उपभोग गर्न पाउनेछन् । साथै यस योजनामा हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु एक लाख जित्ने अवसर पनि प्राप्त गर्नेछन् । योजना अन्तर्गत बैशाख पाँच गते र बैशाख १२ गते गरिएको लक्की ड्रमा क्रमशः CAS ID 71900831042 र 02564251703 भएका ग्राहकहरुले रु एक–एक लाख जित्न सफल भएका छन् । डिशहोमका …

पुरा पढ्नुहॊस »

सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घट्याे

सुनको भाउ मंगलबार तोलामा नौ सय रुपैयाँले घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँमा काराेबार भइरहेकाे छ। सोमबार सुन तोलाको एक लाख दुई सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार तेजावी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण गरिएकाे छ। चाँदीको भाउ भने स्थिर नै छ। सोमबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि एक …

पुरा पढ्नुहॊस »

इलोन मस्कद्वारा ४४ अर्ब डलरमा ट्विटर किन्ने सहमति

बीबीसी । सामाजिक ट्विटरको सञ्चालक समिति (बोर्ड) ४४ अर्ब डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति इलोन मस्कको प्रस्तावमा सहमत भएको छ । मस्कले दुई साताभन्द कम समयअघि सबैलाई चकित पार्दै ट्विटरको बोली लगाएका थिए । उनले त्यसबेला ट्विटरमा व्यापक सम्भावना रहेको र ती सम्भावनाका ढोकालाई आफूले खोल्ने बताएका थिए । उनले नक्कली खाताहरूलाई हटाउने तथा उसका सामग्रीमाथिका प्रतिबन्धहरूलाई खुकुलो पार्नेसम्मका धेरै परिवर्तनहरूका लागि पनि आह्वान गरेका थिए । कम्पनीले सुरुमा …

पुरा पढ्नुहॊस »

शेयर बजार : नेप्सेमा आज ३४ दशमलव ९५ अंककाे गिरावट

सोमबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ। साताको पहिलो दिन आइतबार ९५ दशमलव ४६ अंकले बढेको बजारमा आज ३४ दशमलव ९५ अंकले गिरावट आएर २ हजार ३८६ दशमलव शून्य १ विन्दुमा झरेको हो। सोमबार २३९ वटा धितोपत्रको ५० लाख ४७ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब ४ करोड २२ लाख ५३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । सोमबार …

पुरा पढ्नुहॊस »

शेयर बजार : ९५ दशमलव ४६ अंकले बढ्यो नेप्से

कारोबार हुने साताको पहिलो दिन आइतबार (आज) शेयर बजारमा हरियाली छाएको छ । गत हप्ताको अन्तिम कारोबार दिन बिहीबार ४ दशमलव ९४ अंकले बढेको बजारमा आज उच्च अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक ९५ दशमलव ४६ अंकले बढेर २ हजार ४२० दशमलव ९१ विन्दुमा पुगेको हो । आइतबार २३८ वटा धितोपत्रको ६६ लाख ३९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब ५३ करोड १२ …

पुरा पढ्नुहॊस »

बिन्ध्यवासिनी हाइड्रोपावरद्वारा आयोजना प्रभावितका लागि आजदेखि आइपिओ खुला

बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने आसपासका बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित रु १० करोड मूल्य बराबरको १० लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी (रु एक अर्ब) को १० प्रतिशतले हुने रु १०० अङ्कित दरका १० लाख कित्ता शेयरमध्ये आयोजनाको मुख्य संरचना क्षेत्रमा पर्ने लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका वडा ५, …

पुरा पढ्नुहॊस »

आइएमई जनरल इन्स्योरेन्सले सात प्रतिशत बोनस सेयर दिने

काठमाडाैँ । आइएमई जनरल इन्स्योरेन्सले २४औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभामा अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बिमा बजारमा नयाँ नयाँ सेवासहित छुट्टै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताए । अध्यक्ष ढकालले कम्पनीले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा बिमा प्रिमियम ९ प्रतिशत बढी संकलन गर्न सफल भएको जानकारी दिए । कम्पनीले समीक्षा वर्षमा काठमाडौं महानगरपालिका वडा नं. ३ पानीपोखरीमा मूल सडकमा जोडिएको …

पुरा पढ्नुहॊस »

डिशहोमको नयाँ प्रविधि: क्याम्पस वाईफाई सोलुसन्स लन्च

काठमाडौँ । डिशहोम फाइबरनेटले धेरै जना मानिसहरु भएको क्षेत्रका लागि उपयोगी हुने इन्टरनेट प्रविधि क्याम्पस वाईफाई सोलुसन बजारमा ल्याएको छ । भृकुटीमण्डपमा जारी सुचना प्रविधि मेला ‘क्यान इन्फोटेक’मा यो प्रविधिको कम्पनीले लन्च गरेको हो । कम्पनीका प्रवन्ध निर्देशक सुदीप आचार्यले डिशहोम फाइबलनेटको स्टलमा आयोजित कार्यक्रममा सिक्सजी प्रविधिमा आधारित ह्वावे प्रविधिको राउटर लन्च गरेका छन् । उनले यस किसिमको प्रविधि ल्याउने डिशहोम पहिलो रहेको बताउँदै यसअघि पनि धेरै प्रविधिहरु भित्राउन आफूहरु …

पुरा पढ्नुहॊस »

डिशहोमद्वारा ‘क्याम्पस वाईफाई सोलुसन’ सेवा सुरु

डिशहोम फाइबर नेटले क्याम्पस वाईफाई सोलुसन लन्च गरेको छ। भृकुटी मण्डपमा चलिरहेको क्यान ईन्फोटेकमा डिशहोम फाइबर नेटले क्याम्पस वाईफाई सोलुसन लन्च गरेको हो। डिशहोमले भृकुटीमण्डपमै पत्रकार सम्मेलनको आयोजना गरेर क्याम्पस वाईफाई सोलुसन लन्च गरेको हो। सेवा लन्च गर्दै कम्पनीका म्यानेजिङ डाईरेक्टर सुदीप आचार्यले क्याम्पस वाईफाई सोलुसन कम्पनीको नियमित प्रयासले लन्च गर्न सकिएको बताए । उनले यो वाईफाई प्रबिधिमा आधारित सेवा भएकाे र यसले ग्राहकलाई सन्तुष्ट बनाउने दाबी गरे।

पुरा पढ्नुहॊस »

दुई खर्बको पेट्रोलियम पदार्थ आयात

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को नौ महिनाको तथ्याङ्कअनुसार नेपालले दुई खर्ब बराबरको पेट्रोलियम पदार्थको आयात गरेको छ । नौ महिनाको अवधिमा नेपालले डिजेल, पेट्रोल र खाना पकाउने एलपी ग्यासका लागि एक खर्ब ९८ अर्ब ५५ करोड ७६ लाख ९३ हजार बराबर खर्च गरेको हो। तथ्याङ्कअनुसार नौ महिनाको अवधिमा सबैभन्दा बढी डिजेलको आयात भएको छ। यस अवधिमा रु एक खर्ब पाँच अर्ब ९७ करोड ५३ लाख ९५ …

पुरा पढ्नुहॊस »