आर्थिक

६६ करोड ७९ लाखकाे क्रिप्टोकरेन्सी कारोबारमा सङ्लग्न तीन जना पक्राउ

प्रहरीले प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा सङ्लग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ। प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रतिबन्धित कारोबारमा सङ्लग्न रहेको आरोपमा झापाको विर्तामोड नगरपालिका–९ का २२ वर्षीय अनुप मिश्र, काभ्रेको पनौती नगरपालिका–१ का २४ वर्षीय दिपेश थापा र काठमाडौँ महानगरपालिकाका २६ वर्षीय राहुल चचानलाई पक्राउ गरेको हो। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय कारोबार गर्न जारी गरेको नियम विनिमय, निर्देशन, आदेश विपरीत प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा लागेकाले उनीहरुलाई पक्राउ गरिएको …

पुरा पढ्नुहॊस »

स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबिएल एस क्यापिटलको सहभागिता

विराटनगरमा सम्पन्न भएको स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबिएल एस क्यापिटलले पनि सहभागिता जनाएको छ । संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले उक्त कार्यक्रममा पनि सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउँदै सो सेवामार्फत् नविनतम् योजना र सोचहरुलाई व्यवसायिक पूर्णता दिने उद्देश्य राखेको बताएको छ । चैत्र १८ बाट लिभिङ विथ आइसीटीले सातै प्रदेशमा इबीमाको मुख्य प्रायोजनमा स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ आयोजना आरम्भ गरेको थियो …

पुरा पढ्नुहॊस »

नेप्सेमा १३ दशमलव ३७ अंककाे वृद्धि

मंगलबार (आज) शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ। यो वर्षको दोस्रो कारोबार दिन सोमबार ४१ दशमलव ७७ अंकले घटेको बजार आज भने १३ दशमलव ३७ अंकले वृद्धि भएर २ हजार ३५७ दशमलव २४ विन्दुमा पुगेको हो। मंगलबार २२९ वटा धितोपत्रको ३२ लाख १३ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको …

पुरा पढ्नुहॊस »

आज सुनचाँदीको मूल्य कति पुग्यो ?

काठमाडौँ । मंगलबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोलामा ४ सयले घटेर तोलाको एक लाख २ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य एक लाख २ हजार ५ सय रहेको थियो । महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ६ सयमा कारोबार भएको छ । त्यस्तै …

पुरा पढ्नुहॊस »

आइएमई पेबाट नयाँ योजना हवाई टिकट लिँदा ३०० सम्म क्यासब्याक

काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ ले हवाइ उडान टिकटको नयाँ योजना सार्वजनिक गरेको छ । पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने सेवाग्राहीहरुले आइएमई पे एपमार्फत हवाइ उडान टिकट काट्दा सर्वाधिक क्यासब्याकको साथै अतिरिक्त रू. ३०० छुट प्राप्त गर्ने प्रबन्ध मिलाइएको जनाएको छ । यात्राको लागि सबैभन्दा सहज माध्यम हवाइ उडान भएकोले, …

पुरा पढ्नुहॊस »

विदेशी मुद्राको सञ्चिति घट्दै गएको अवस्थालाई सुधार ल्याउन एनआरएनएले अन्तर्क्रिया गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशी मुद्राको सञ्चिति घट्दै गएको अवस्थालाई सुधार ल्याउन गैरआवासीय नेपालीसँग अन्तर्क्रिया गर्ने भएको छ । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को साेमबारकाे आकस्मिक बैठकले देशमा आउन सक्ने आर्थिक संकट समाधानमा सरकारसँग हातेमालो गर्ने निर्णय गरेको हो । बैठकले विदेशी मुद्राको सञ्चिति घट्दै गएको अवस्थालाई समाधान गर्न अर्थमन्त्री, अर्थसचिव, राष्ट्र बैंकका अधिकारी र अर्थविद्लगायतको उपस्थितिमा बुधबार बृहत अन्तर्क्रिया गर्ने निर्णय गरेको छ । विदेशमा रहेका गैरआवासीय नेपालीलाई …

पुरा पढ्नुहॊस »

३ अर्ब खर्चेर नागढुङ्गा-मुग्लिन सडक विस्तार तथा स्तरोन्नति हुँदै

काठमाडाैँ । सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य मार्ग नागढुङ्गा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नतिका लागि कम्पनी छनोट भएको छ । सो सडकको नागढुङ्गा–नौबिसेखण्डको विस्तारका लागि एम÷एस जियाङसु–सगुन (संयुक्त) छनोट भएको हो । यस सडकखण्डको कुल लम्बाइ १२.२६ किलोमिटर छ । त्यसैगरी, नौबिसे–मलेखुखण्ड विस्तारका लागि शर्मा–लामा–जेडआईसीजी (संयुक्त) छनोट भएको नागढुङ्गा–मुग्लिन सडक विस्तार आयोजनाका प्रमुख किरण कार्कीले जानकारी दिए । यस खण्डको कुल लम्बाइ ४३.५४२ किलोमिटर छ । मुलुकको करिब …

पुरा पढ्नुहॊस »

इन्धन खपत २० प्रतिशतले घटाउन अर्थ मन्त्रालयकाे निर्देशन

अर्थ मन्त्रालयले इन्धन शीर्षकमा विभिन्न मन्त्रालय तथा निकाय तथा सार्वजनिक सङ्घसंस्थालाई इन्धनको खपत २० प्रतिशतले कटौती गर्न निर्देशन दिएको छ। मन्त्रालयले आज सूचना जारी गर्दै चालु आवका लागि छुट्याइएको इन्धन शीर्षकको बाँकी बजेट २० प्रतिशतले कटौती गर्न निर्देशन दिएको हो। विकास आयोजना, शान्ति सुरक्षा, अत्यावश्यक सेवा र आसन्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि इन्धन कटौतीको व्यवस्था लागू नहुने मन्त्रालयले प्रष्ट पारेको छ। बढ्दो व्यापार घाटा, विप्रेषण आप्रवाहमा कमी र वैदेशिक …

पुरा पढ्नुहॊस »

आयोजना प्रभावितलाई शेयर जारी गर्दै दोर्दी खोला जलविद्युत् कम्पनी

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित रु १० करोड ५४ लाख २६ हजार मूल्य बराबरका १० लाख ५४ हजार २६० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला गर्ने भएको हो। कम्पनीले वैशाख १३ गतेदेखि आफ्नो जारी पुँजी (रु एक अर्ब पाँच करोड ४२ लाख ६० हजार ४००) को १० प्रतिशतले हुने रु …

पुरा पढ्नुहॊस »

शेयर बजार: ४१ दशमलव ७७ अङ्कले घट्याे नेप्से

साेमबार पनि शेयर बजार घटेको छ। आइतबार २९ दशमलव ६ अङ्कले घटेको नेप्से परिसूचक आज साेमबार ४१ दशमलव ७७ अङ्कले घटेर २३ सय ४३ दशमलव ८७ विन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घट्याे । बीमा, उत्पादन, जलविद्युत्, फाइनान्स, अन्य, विकास बैंक र होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ। साेमबार २२९ कम्पनीका ३८ लाख ७६ हजार कित्ता शेयर एक अर्ब ५३ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा …

पुरा पढ्नुहॊस »