शेयर बजार : ९५ दशमलव ४६ अंकले बढ्यो नेप्से

कारोबार हुने साताको पहिलो दिन आइतबार (आज) शेयर बजारमा हरियाली छाएको छ । गत हप्ताको अन्तिम कारोबार दिन बिहीबार ४ दशमलव ९४ अंकले बढेको बजारमा आज उच्च अंकले वृद्धि भएको छ ।

आज नेप्से परिसूचक ९५ दशमलव ४६ अंकले बढेर २ हजार ४२० दशमलव ९१ विन्दुमा पुगेको हो ।

आइतबार २३८ वटा धितोपत्रको ६६ लाख ३९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब ५३ करोड १२ लाख ७५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

आइतबार १३ वटै समूहको परिसूचकमा वृद्धि आएको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको ७ दशमलव ३२ प्रतिशतले बढेको हो ।

त्यस्तै, आज दश कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्दा थप २६ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

कारोबार रकमको आधारमा सानिमा बैँक लिमिटेडको २२ करोड रुपैयाँ बराबरकोे शेयर खरिद बिक्री भयो ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

एनवाईईएफ काठमाडौँद्वारा उत्कृष्ट काम गरिरहेका उद्यमी विद्यार्थी सम्मानित

काठमाडौं । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले ३० वर्ष मुनिका ५ उद्यमी विद्यार्थीहरूलाई …

प्रतिकृया दिनुहॊस