आर्थिक

वित्तीय क्षेत्र सदृढीकरणका लागि विश्व बैंकको १८ अर्ब ३६ करोड ऋण सहयोग

काठमाडौं । विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको स्थायित्व सुदृढीकरणका लागि १५ करोड अमेरिकी डलर (करिब रु १८ अर्ब ३६ करोड ) को बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ । ‘वृद्धिका लागि वित्त’ विकास नीति ऋण शीर्षकको सो ऋण सहयोग वित्तीय समाधानको विविधीकरण गर्न र नेपालमा वित्तीय सेवामा पहुँच बढाउनका लागि उपलब्ध गराइएको हो । द्विपक्षीय सम्झौतामा अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट मल्दिभ्स, नेपाल, र श्रीलङ्काका लागि …

पुरा पढ्नुहॊस »

मंगलम पाइप्सद्वारा आफ्ना कर्मचारीहरुलाई सम्मान–पत्र तथा मायाको चिनो प्रदान

नेपालकै पहिलो सिपिभिसि पाइप्स र फिटिंग्स उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीको अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इण्डस्ट्रिज प्रा.लि. ले आ.व.२०७७/७८ को अन्त्यसँगै भैरहवा स्थित कारखानामा सेल्स रिभ्यु कार्यकम आयोजना गरेको थियो। यसै अवसरमा मंगलम पाईप्सले उद्योग स्थापनाको शुरुवाती चरणदेखि नै कार्यरत कर्मचारीहरुलाई मायाको चिनो र प्रशंसा–पत्र पनि वितरण गरेको थियो । उद्योगका प्रबन्ध निर्देशक अभिनव चुरिवालले सम्पूर्ण कर्मचारीहरुलाई प्रत्यक्ष रुपमा भेटेर अन्तर्क्रिया गर्नुको साथै प्रगतिको लागि हौसला पनि प्रदान …

पुरा पढ्नुहॊस »

साढे ४६ लाखभन्दा बढीले लिए प्यान नम्बर

नेपालमा हालसम्म स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्ने करदाताको संख्या साढे ४६ लाख नाघेको छ। अर्थ मन्त्रालयका अनुसार २०७८ चैत मसान्तसम्म कूल ४६ लाख ७४ हजार २०२ जनाले स्थायी लेखा नम्बर लिएका छन् । हालसम्म १७ लाख ५३ हजार ६४२ जनाले व्यावसायिक स्थायी लेखा नम्बर, २९ लाख ४ हजार ७७१ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर र १५ हजार ७८९ जनाले अग्रिम कर कट्टी प्रयोजनका लागि स्थायी लेखा नम्बर लिएका छन्। …

पुरा पढ्नुहॊस »

डिशहोमका यी ग्राहकले जिते एक लाख

काठमाडौँ । डिशहोमका एक ग्राहकले नगद १ लाख रुपैयाँ जितेका छन् । कम्पनीको डीटीएच सेवाका ग्राहकले लक्की ड्रमार्फत १ लाख रुपैयाँ जितेका हुन् । डिशहोमले १ वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डीटीएचको सेवा उपभोग गर्न पाउने र हरेक हप्ता लक्की ड्रमार्फत एक जनाले एक लाख जित्ने अवसर दिएको थियो । यसै योजनाअन्तर्गत वैशाख १९ गते गरिएको लक्की ड्रमा क्रमशः क्यास आईडी …

पुरा पढ्नुहॊस »

सुन तोलामा एक हजारले घट्यो

काठमाडौँ । मंगलबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा एक हजारले घटेको छ । मंगलबार सुनको मूल्य तोलाको ९७ हजार दुई रुपैयाँ कायम भएको छ । यस अघि सोमबार सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुन तोलाको ८ सय र आइतबार १२ सयले घटेको थियो । मंगलबार तेजाबी सुनको मूल्य तोलाको ९६ हजार ७ …

पुरा पढ्नुहॊस »

फोनपेको सिईओ बने दिवस सापकोटा

काठमाडौँ । फोनपे पेमेन्ट सर्विस लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त भएको छ । फोनपेको सञ्चालक समितिले बुधबारदेखि लागु हुनेगरि सापकोटालाई सिइओको रुपमा नियुक्त गरेको हो । सापकोटा फोनपेमै एसिस्टेन्ट सिइओका रुपमा कार्यरत थिए । सापकोटाले फोनपेमा सुरुमा प्रमुख टेक्नोलोजी अफिसरका रुपमा काम सुरु गरेका थिए । उनि यसअघि नेपाल क्लियरिङ्क हाउसमा आबद्ध थिए । एभरेष्ट बैंकबाट आफ्नो करियर सुरु गर्नुभएका सापकोटासँग डिजिटल भुक्तानी र आइटी क्षेत्रमा १५ वर्ष …

पुरा पढ्नुहॊस »

सिटी एक्सप्रेस मनि ट्रान्सफर र नेपाल एसबीआई बैंकबिच रेमिट्यान्स सम्झौता

सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल एसबीआई बैंकबिच रेमिट्यान्स सम्झौता भएको छ । एक कार्यक्रमकाबिच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल एसबीआई बैंकको तर्फबाट उपप्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलमले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार नेपाल एसबीआई बैंकको रेमिट्यान्स सिस्टमबाट आउने रकम सिटी एक्सप्रेस मनी ट्रान्सफरका १५,००० भन्दा बढि सहायक प्रतिनिधिहरु मार्फत भुक्तानी हुने साथै सिटी एक्सप्रेस मार्फत आएको रेमिट्यान्स नेपाल एसबीआई बैंकको सम्पूर्ण …

पुरा पढ्नुहॊस »

४८ दशमलव ७३ अङ्कले घट्याे नेप्से

साेमबार शेयर बजार दोहोरो अङ्कले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज ४८ दशमलव ७३ अङ्कले घटेर दुई हजार ३०७ दशमलव ४४ बिन्दुमा झरेको छ। सबै समूहको शेयर आज ओरालो लागेको छ। नेप्से घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। २२६ वटा धिताेपत्रका ३९ लाख ७८ हजार कित्ता शेयर एक अर्ब ४२ करोड ३४ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै अरूण भ्यालीकाे ४ करोड ७३ लाख रुपैयाँको शेयर किनबेच …

पुरा पढ्नुहॊस »

आजपनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ८ सयले घटेको छ । सोमबार सुनको मूल्य तोलाको ९८ हजार दुई रुपैयाँ कायम भएको छ । यस अघि आइतबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुन तोलाको १२ सयले घटेको थियो । सोमबार तेजाबी सुनको मूल्य तोलाको ९७ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै …

पुरा पढ्नुहॊस »

भारतबाट फेरि बढेर आयो इन्धनको मूल्य

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ सूची पठाएको छ । आइतबार आएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.८४ रुपैयाँले बढेर १८३ रुपैयाँ २ पैसा पुगेको छ । यस्तै डिजेको मूल्य प्रतिलिटर १० रुपैयाँ ०८ पैसाले बढेर १८३ रुपैयाँ १३ पैसा पुगेको नेपाल आयल निगमले जानकारी दिएको छ । विगतमा डिजेटल भन्दा पेट्रोलको खरिद लागत बढी हुने गरेकोमा अब डिजलको लागत बढी भएको छ …

पुरा पढ्नुहॊस »