आइएमई जनरल इन्स्योरेन्सले सात प्रतिशत बोनस सेयर दिने

काठमाडाैँ । आइएमई जनरल इन्स्योरेन्सले २४औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभामा अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बिमा बजारमा नयाँ नयाँ सेवासहित छुट्टै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताए ।

अध्यक्ष ढकालले कम्पनीले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा बिमा प्रिमियम ९ प्रतिशत बढी संकलन गर्न सफल भएको जानकारी दिए । कम्पनीले समीक्षा वर्षमा काठमाडौं महानगरपालिका वडा नं. ३ पानीपोखरीमा मूल सडकमा जोडिएको २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा खरिद गरेको थियो ।

चालु आर्थिक वर्षमा उक्त जग्गामा कम्पनीको प्रधान कार्यालयको प्रयोजनको लागि करिब ६० हजार वर्गफिटको ९ तल्लाको भवन निर्माण गर्न नक्सा तयार गरी निर्माण कार्य अगाडि बढाइसकेको जानकारी दिए । उनले कम्पनीको व्यावसायमा भएको विस्तारसँगै जोखिम धारण क्षमतामा समेत वृद्धिको लागि र नियमनकारी निकायबाट समेत चुक्ता पुँजी २.५० अर्ब पु-याउन समयसीमा समेत तोकिदिएको हुनाले निर्देशन बमोजिम पुँजी योजना बिमा समिति समक्ष पेश गरिसकिएको बताए ।

उनले हालको चुक्ता पुँजीको ७ प्रतिशतको दरले बोनस सेयर प्रदान गर्ने प्रस्ताव कम्पनीको २४औं साधारण सभाबाट पारित भएको हुनाले उल्लेखित बोनस सेयर जारी भए पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ७० करोड १६ लाख ५१ हजार ४ सय २० पुग्ने बताए ।

आ.व. २०७६/७७ मा १ अर्ब ३९ करोड ९४ लाख बिमा शुल्क आर्जन गरेकोमा समीक्षा वर्षमा १ अर्ब ५२ करोड २१ लाख बिमा शुल्क आर्जन गरी गत वर्षको दाँजोमा ९ प्रतिशतले बिमा शुल्क वृद्धि भएको तथा चालु आ.व.को चैत मसान्तसम्ममा कम्पनीले कूल १ अर्ब २८ करोड ६१ लाख बिमा शुल्क आर्जन गरिसकेको कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ट्यांकर चालक संघ र निगमबीच सहमति, पेट्रोलियम ढुवानी सुचारु

काठमाडौँ । आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकले आन्दोलन स्थगित गरेका छन् । उद्योग …

प्रतिकृया दिनुहॊस