आर्थिक

साउनदेखि कर्मचारीको तलब १५ प्रतिशतले बढ्ने

सरकारले आगामी साउन १ गतेदेखि लागू हुनेगरी तलबमा १५ प्रतिशतले बृद्धि गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको तलब १५ प्रतिशतले बृद्धि गरिने बताएका हुन् । निजामती, सेना, प्रहरी, शिक्षक लगायत सबै राष्ट्रसेवकहरूलाई उत्प्रेरित गरी सेवाभाव उच्च बनाउन साउन १ गतेदेखि लागू हुनेगरी तलबमानमा १५ प्रतिशतले बृद्धि गरिएको मन्त्री शर्माले बताए। हाल खाईपाई आएको महंगी भत्तालाई समेत निरन्तरता दिएको उनको भनाइ छ । राष्ट्रसेवक …

पुरा पढ्नुहॊस »

शिक्षा मन्त्रालयका लागि ७० अर्ब ५ करोड बजेट

सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको लागि ७० अर्ब ५ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत उक्त जानकारी दिएका हुन्। शिक्षा तर्फ प्रत्येक प्रदेशलाई ५ अर्ब ३२ करोड रूपैयाँ अनुदान दिने भएको छ। त्यस्तै स्थानीय तहमा एक खर्ब २१ अर्ब एक करोड रूपैयाँ हस्तान्तरण गरेको अर्थमन्त्री शर्माले बताए ।  

पुरा पढ्नुहॊस »

कृषि क्षेत्रका लागि ५५ अर्ब ९७ करोड बजेट विनियोजन

सरकारले कृषि क्षेत्रका लागि ५५ अर्व ९७ करोड रकम विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष ०७९/७८ को बजेट प्रस्तुत गर्दै आइतबार अर्थमन्त्री जनार्दन शर्माले कृषक पेन्सन लगायतका कार्यक्रम कृषि क्षेत्रको प्रवर्द्धनका लागि ल्याइएको बताए । सरकारले चालू आवको तुलनामा आगामी आवका लागि १४ अर्ब ८८ करोड बढी रकम विनियोजन गरेको हो। चालू आवमा सरकारले ४१ अर्ब १० करोड रकम विनियोजन गरिएको थियो भने आव ०७७/७९ मा ३७ अर्ब ४० करोड …

पुरा पढ्नुहॊस »

स्थानीय तहका निर्माणाधिन अस्पतालका लागि १० अर्ब बजेट विनियोजन

सरकारले स्थानीय तहमा निर्माणाधीन ६५५ अस्पतालका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको छ। ती अस्पतालको निर्माण सम्पन्न आगामी आर्थिक वर्षमा गरिने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । अर्थमन्त्री शर्माले पुराना जीर्ण अवस्थामा रहेका अस्पताल भवनको समेत स्तरोन्नती गरिने बताउदै जेष्ठ नागरिकलाई विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्न २० वटा अस्पतालमा जेष्ठ नागरिक वार्ड सञ्चालनमा ल्याइने जानकारी दिए । विदेशीलाई २० युनिट अपार्टमेन्ट बेच्न पाइने सरकारले निजी क्षेत्रको वर्षौं पुरानो माग पूरा …

पुरा पढ्नुहॊस »

कृषि उत्पादन कार्यक्रम लागू गर्न १० अर्ब विनियोजन

सरकारले कृषि उत्पादन कार्यक्रम गर्न लागू गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले संघ, प्रदेश र स्थानीय तहमा कृषि उत्पादन कार्यक्रम लागु गर्न १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् । साथै उनले कृषि उत्पादनको समर्थन मूल्य तोकिने पनि जानकारी दिए । किसान हित कोष सञ्चालन गर्न एक …

पुरा पढ्नुहॊस »

सोमबार चितवनमा स्टार्टअप एण्ड आईडिया फेस्ट, निःशुल्क सहभागी हुन सकिने

बागमती प्रदेशको चितवनमा स्टार्टअप एण्ड आईडिया फेस्ट आयोजना हुने भएको छ। लिभिङ विथ आइसिटीको आयोजनामा जेठ १६ गते सोमबार चितवनमा स्टार्टअप फेस्ट आयोजना हुने भएको हो। फेस्टमा बागमती प्रदेशका प्रविधि तथा नवप्रवर्तनको सोच लिएर काम गरिरहेका विभिन्न स्टार्टअप तथा विद्यार्थीका लागि आईडिया सहभागी हुन सक्ने छन्। फेस्टसँगसँगै ‍एक्सपिरियन्स शेयरिङ तथा मेन्टरिङ सेसन र आईडिया पिचिङ समेत आयोजना हुनेछन्। एक्सपिरियन्स शेयरिङ तथा मेन्टरिङ सेसनमा स्टार्टअप क्षेत्रमा काम गरी स्थापित भएका अग्रणी …

पुरा पढ्नुहॊस »

आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गरिँदै

काठमाडाैं । सरकारले आउँदो आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्ने भएको छ । साँझ ६ बजे बस्ने संसदको दुवै सभाको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बजेट पेश गर्नेछन् । संवैधानिक व्यवस्था अनुसार प्रत्येक जेठ १५ गते संसदमा नयाँ आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने गरिएको छ । सोही व्यवस्था अनुरूप सरकारले आज बजेट सार्वजनिक गर्न लागेको हो । संसदको सम्भावित कार्यसूचीमा अर्थमन्त्री शर्माले बजेट टेबुल गर्ने कार्यसूची राखिएको संघीय …

पुरा पढ्नुहॊस »

चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने

काठमाडौँ । नेपालको अर्थतन्त्रको आकार बढ्ने देखिएको छ । चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ५.८४ प्रतिशतले बढ्ने भएको हो । शनिबार प्रतिनिधिसभामा २०७८/७९ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस वर्ष कोभिडको महामारी कम भएको र उर्जा क्षेत्रको विस्तार उत्साहप्रद रहेकाले अर्थतन्त्रको आकार ५.८४ प्रतिशतले बढ्ने बताए । गत आर्थिक वर्षमा अर्थतन्त्रको विस्तार ४.२५ प्रतिशत रहेको थियो ।

पुरा पढ्नुहॊस »

वीरगञ्ज नगरवासीको विद्युत् महसुल पालिकाले व्यहोर्ने

मधेश प्रदेशको एकमात्र महानगरपालिका पर्सास्थित वीरगञ्ज महानगरपालिकाको प्रतिघर मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको विद्युत् महसुल रकम पालिकाले व्यहोर्न भएको छ। महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख राजेशमान सिंहकाे पहिलो निर्णय अनुसार मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शूल्क र इनर्जी शुल्क महानगरले नै भुक्तानी गर्ने भएको हो । विद्युत् महसुलसम्बन्धी निर्णयलाई महानगरपालिकाको पहिलो बोर्ड बैठकबाट पारित गरि कार्यान्वयनमा ल्याउने नगरप्रमुख सिंहले बताए। यसैबीच सडक विभाग मातहतमा रहेको वीरगञ्जको घण्टाघरबाट …

पुरा पढ्नुहॊस »

पुतलीबजार र गल्याङमा वृद्ध भत्ता घर-घरमै

काठमाडाैँ । स्याङ्जाको गल्याङ नगरपालिकाले वृद्ध भत्ता अब घर–घरमै पुगेर वितरण गर्ने भएको छ । पालिकाका विभिन्न वडामा रहेका वृद्धवृद्धाहरुलाई गल्याङ बजारसम्म आउनुपर्दा समस्या हुने र लाइन बस्नुपर्दा सास्ती भएको भन्दै घर घरमै पुगेर वितरण गर्ने निर्णय गरेको हो । नगरस्थित बैंक तथा वित्तीय संस्थाहरुको संयुक्त बैठकले नगरपालिकाका कर्मचारी र बैंकका कर्मचारीको संयुक्त पहलमा घर–घरमै पुगेर वितरण गर्ने तयारी गरिएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए । “वृद्ध भत्ता बुझ्न गाउँगाउँबाट बजारमा …

पुरा पढ्नुहॊस »