आर्थिक

नेप्से परिसूचक ५६.०६ अङ्कले उकालो लाग्याे

धितोपत्र बजारमा शेयर कारोबार मापक नप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक ५६.०६ अङ्कले उकालो लागेर दुई हजार ३६९.०६ मा पुगेको छ। त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ९.५२ अङ्कले उकालो लागेर ४५६.६६ अङ्कमा पुगेको छ। नेप्सेको वृद्धिसँगै कारोबार रकम मङ्गलबारको तुलनामा सामान्य वृद्धि भएको छ। कूल २२९ कम्पनीको ५३ लाख ३३ हजार १०९ कित्ता शेयर रु दुई अर्ब १६ …

पुरा पढ्नुहॊस »

७.२८ प्रतिशतले बढ्यो मूल्यवृद्धि, चालु खाता र शोधनान्तर घाटामा पनि वृद्धि

चालु आर्थिक वर्षको नौ महिनामा मुद्रास्फीति (मूल्यवृद्धि), चालु खाता र शोधनान्तर घाटा बढेको छ। नेपाल राष्ट्र बैंकले चालु आवको नौ महिनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय प्रतिवेदनमा गत चैतमा मुलुकको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ७.२८ प्रतिशत रहेको उल्लेख छ। सोही महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति १४.४२ प्रतिशत रहेको थियो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१४ प्रतिशत थियो । समीक्षा अवधिमा चालु …

पुरा पढ्नुहॊस »

सुनको मूल्य १ हजारले घट्याे

बुधबार सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ। १ हजारले घटेर प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजावी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ कायम गरिएको छ। अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुनको मूल्य ७०० ले घटेर तोलाको ९८ हजारमा किनबेच भएको थियो। तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० कायम गरिएको थियो। सुनको मूल्य ओरालो लागेसँगै चाँदी पनि सस्तिएको छ। आज …

पुरा पढ्नुहॊस »

व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट

वैदेशिक रोजगार कार्यालय काठमाडौँले नयाँ व्यक्तिगत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट मात्र हुने व्यवस्था गरेको छ। कार्यालयका प्रमुख रमेश अर्यालले आँउदो जेठ ६ गतेदेखि अनलाइन प्रणालीबाट मात्र नयाँ व्यक्तिगत श्रम स्वीकृति दिने निर्णय भएको जानकारी दिए। कार्यालयले गत माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र यही वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र गरेसँगै कार्यालयमा दैनिक हुने हजारौको भीड हटेको छ । हाल भौतिक उपस्थितिमा भइरहेको नयाँ …

पुरा पढ्नुहॊस »

बुटवलमा  डिसहाेम फाइवरनेटकाे साेरुम

काठमाडाै । डिशहोम फाइबरनेटले बुटवलको मुटु ट्राफिकचोकमा सहवितरण शोरुम सञ्चालनमा ल्याएको छ । नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सले सञ्चालन गर्नेगरी मिति २०७९ बैशाख २६  गते सोमबारदेखि उक्त शोरुम सञ्चालनमा आएको हो । डिशहोमका एरिया सेल्स म्यानेजर प्रदिप सुबेदी र सेल्स अफिसर बिनोद सुबेदी नेपाल डिटिएच लिंकका प्रोपाइटर राजकुमार  सेन को उपस्थितिमा एरिया सेल्स म्यानेजर प्रदिप सुबेदीले रिवन काटेर शोरुम को समुद्घाटन गरेका थिए ।  कार्यक्रममा वोल्दै सेल्स म्यानेजर सुबेदीले ६ महिनाको …

पुरा पढ्नुहॊस »

आज सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ७ सयले घटेको छ । आज सुन मूल्य तोलाको ९८ हजार कायम भएको छ । यस अघि सोमबार सुन तोलाको ९८ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजाबी सुनको मूल्य तोलाको ९७ हजार ५ सय निर्धारण भएको छ । त्यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा …

पुरा पढ्नुहॊस »

आठ करोड ५३ लाख राजस्व चुहावट गरेको अभियोगमा मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा अन्तरा इन्टरनेशनलका सञ्चालकविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले काठमाडौं महानगरपालिका-२७ स्थित अन्तरा इन्टरनेशनलले प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर विरुद्धको अपराध गरेको पाइएको जनाएको छ । विभागले सो कम्पनीका लेखापरीक्षक गणेशबहादुर केसी र श्यामसुन्दर यादव विरुद्ध मुद्दा दायर गरेको हो । विभागले १७ करोड सात लाख ५५ हजार बराबरको बिगो दाबी गर्दै यही वैशाख २२ गते …

पुरा पढ्नुहॊस »

भारतको सबैभन्दा मन पर्ने एसेसरिज ब्रान्ड पेबल नेपालमा

भारतको सबैभन्दा मन पर्ने एसेसरिज ब्रान्ड पेबल अहिले नेपालमा आएको छ। भारतमा सबैभन्दा छिटो बढ्दो जीवनशैली इलेक्ट्रोनिक्स ब्रान्डहरू मध्ये एक, पेबल, अब एलाइड ट्रेड लिंक इन्टरनेशनल प्रालिसँगको साझेदारीमा नेपालमा उपलब्ध हुने भएको हाे। भारतमा, पेबल सबैभन्दा धेरै बिक्री हुने स्मार्ट पहिरनयोग्य ब्रान्डहरू मध्ये एक हो र तिनीहरूका नवीनतम स्मार्ट घडीहरू र फिटनेस ट्र्याकरहरू चाँडै नै नेपालका सबै रिटेल स्टोरहरू र अनलाइन पोर्टलहरूमा उपलब्ध हुनेछन् । स्मार्ट घडीहरूको साथसाथै, तिनीहरूको उच्च …

पुरा पढ्नुहॊस »

इच्छाराज तामाङकाे ‘सिटीसी मल’ लिलामी गर्न कर्मचारी सञ्चय कोषले निकाल्यो सूचना

कर्मचारी सञ्चय कोषले बैंकिङ कसूर गरेको अभियोगमा थुनामा इच्छाराज तामाङलगायतको लगानी रहेको काठमाडौँको सुन्धारास्थित ‘सिटिसी मल’ लिलामी हुने भएको छ। कोषले आज एक सूचना प्रकाशित गरि १३२ वटा पसल तथा कबल रहेको सो मल लिलामीका लागि सूचना प्रकाशित गरेको हो। उद्योग विभागमा ०६४ असोज ९ मा दर्ता भएको सिभिल इस्टेट्रस प्रालिले कोषको ऋणको साँवा तथा ब्याज भुक्तानी नगरेको पाइएको छ। काठमाडौँ महानगरपालिका ११ सुन्धारामा रहेको ६ रोपनी जग्गामा निर्माण भएको …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक १२ दशमलव २७ अंकले बढ्यो

सोमबार (आज) पनि शेयर बजारमा दोहोरो अंकको बढेको छ। आइतबार १७ दशमलव ९५ अंकले बढेको बजार आज पनि १२ दशमलव २७ अंकले बढेर २ हजार २६८ दशमलव ८४ विन्दुमा पुगेको हो। सोमबार २२२ वटा धितोपत्रको ३३ लाख २४ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट १ अर्ब ३२९ करोड ६ लाख ७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। सोमबार १३ वटा समूहमध्ये ४ वटा …

पुरा पढ्नुहॊस »