आजपनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ८ सयले घटेको छ ।

सोमबार सुनको मूल्य तोलाको ९८ हजार दुई रुपैयाँ कायम भएको छ । यस अघि आइतबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुन तोलाको १२ सयले घटेको थियो ।

सोमबार तेजाबी सुनको मूल्य तोलाको ९७ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै सोमबार चाँदीको मूल्य पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । आइतबार १३२० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १२९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री