मंगलम पाइप्सद्वारा आफ्ना कर्मचारीहरुलाई सम्मान–पत्र तथा मायाको चिनो प्रदान

नेपालकै पहिलो सिपिभिसि पाइप्स र फिटिंग्स उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीको अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इण्डस्ट्रिज प्रा.लि. ले आ.व.२०७७/७८ को अन्त्यसँगै भैरहवा स्थित कारखानामा सेल्स रिभ्यु कार्यकम आयोजना गरेको थियो।

यसै अवसरमा मंगलम पाईप्सले उद्योग स्थापनाको शुरुवाती चरणदेखि नै कार्यरत कर्मचारीहरुलाई मायाको चिनो र प्रशंसा–पत्र पनि वितरण गरेको थियो । उद्योगका प्रबन्ध निर्देशक अभिनव चुरिवालले सम्पूर्ण कर्मचारीहरुलाई प्रत्यक्ष रुपमा भेटेर अन्तर्क्रिया गर्नुको साथै प्रगतिको लागि हौसला पनि प्रदान गरेका थिए ।

मंगलम उद्योगका प्रबन्धक निर्देशक अभिनव चुरिवालले भने, “ हाम्रो शुरुवाती दिनहरुदेखि नै हामीसँग जोडिएर, सुख–दुःखमा पनि सँगै रहेर यो स्थानसम्म हामी आइपुगेका छौँ, यो सबै यहाँहरुकै टेवा हो। एक जनाको मात्र प्रयास र मेहनतले यो कदापी सम्भव थिएन। आज यहाँहरु सँग बसेर अन्तर्क्रिया गर्दा निकै खुशी मिलेको छ । मंगलम ग्रुपलाई यो उचाईसम्म पुर्याउनु भएकोमा आभार प्रकट गर्दछु र आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछु।”

आफ्ना कर्मचारीहरुलाई उनीहरुको समय र परिश्रमको लागि धन्यवाद दिन तथा भविष्यमा अझै उत्पादकत्व बढाउन र कर्मचारीहरुलाई हौसला दिनको लागि पनि यस्ता कार्यक्रमहरु समय समयमा आयोजना गरिरहने उद्योगका व्यवस्थापक भाइस तथा प्रेसिडेन्ट प्रदिप शुक्लाले जनाए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

प्री बुकिङ्ग गरिएका एक्स्पेङ जी ६ एसयुभी दसैँ अगावै आइपुग्ने

काठमाडौँ । आधिकारिक वितरक सिजी मोटर्सले नेपालको लागि पहिलो चरणका एक्स्पेङ सवारी साधनहरूको आगमनको घोषणा …

प्रतिकृया दिनुहॊस

This will auto close after