रश्मी

११ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा  विहीबार सुनको मूल्य घटेको छ । छापावाला सुन तोलामा ११ सय रुपैयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ११ सयले घटेर ९२ हजारमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन आजका लागि ९१ हजार ५ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। आज २० रुपैयाँले घटेको छ। चाँदी आज एक हजार ३४० मा कारोबार भइरहेको छ।

पुरा पढ्नुहॊस »

शिवराज नगरपालिकालाई अशोक लेलैण्डको सुविधा सम्पन्न बारुणयन्त्र हस्तान्तरण

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले कपिलबस्तुस्थित शिवराज नगरपालिकालाई सुबिधा सम्पन बारुणयन्त्र (दमकल) हस्तान्तरण गरेको छ । उक्त सुविधा सम्पन्न बारुणयन्त्र (दमकल) नेशनल फायर सेफ र आइएमई मोटर्सको संयुक्त प्रयासमा नगरपालिकालाई हस्तान्तरण गरिएको हो । शिवराज नगरपालिकाका प्रमुख  नेत्रराज अधिकारीलाई सो बारुणयन्त्र (दमकल) आइएमई मोटर्स प्रा.लिका कर्पोरेट सेल्स हेड सुशिल राणा थापाले हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले ‘ सुबिधासम्पन्न …

पुरा पढ्नुहॊस »

पछिल्लो २४ घण्टामा २ हजार ८२८ कोरोना संक्रमित थपिए

काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप२ हजार ८२८  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसै गरि पछिल्लो २४ घण्टामा थप ५२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ८ हजार५५८ जना पुगेको छ । त्यस्तै,पछिल्लो २४ घण्टामा ३ हजार ८२ कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ ।

पुरा पढ्नुहॊस »

हेमन्त र एलिनाको ‘ए मेरो असफल मायालु’

गायक हेमन्त शर्मा र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ए मेरो असफल मायालु’ सार्वजनिक भएको छ । विकास धमलाको सम्पादन रहेको भिडियोमा वुद्ध थापाको छायांकन छ भने  गायक  हेमन्तकै शब्द तथा संगीत रहेको छ ।   भिडियोमा  गायक हेमन्त शर्मा र गायिका एलिना चौहानलाई हेर्न सकिन्छ ।

पुरा पढ्नुहॊस »

सगरमाथा आरोहण दललाई राष्ट्रिय वाणिज्य बैंकको आर्थिक सहयोग

काठमाडौं । सगरमाथा आरोहण दललाई राष्ट्रिय वाणिज्य बैंकले आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले सगरमाथाको सफल आरोहण गर्ने बाबु पूर्णकुमार शेर्पा र छोरा सोनाम शेर्पाको फादर एन्ड सन्स क्याम्पेनलाई सहयोग पुग्ने गरी चेक हस्तान्तरण गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘प्रकति जोगाऔं, जलवायु परिवर्तन न्यूनिकरण गरौं’ भन्ने मुल नाराका साथ प्रकृति जोगाऔं महाअभियान अन्तर्गत उक्त सहयोग गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले ३ …

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकको क्याम्पेनः युरो कपको विजेता प्रिडिक्ट गर्दा ५० एमबीपीएसको इन्टरनेट निःशुल्क पाइने

काठमाडौं । लक्ष्मी बैंकले एफ-वान सफ्टसँग मिली ‘प्रिडिक्ट एण्ड विन’ क्याम्पेन ल्याएको छ । हाल आयोजना भईरहेको युरो कप २०२१ को सुरुवातसंगैै बैंकले उक्त क्याम्पेन ल्याएको हो । यो क्याम्पेन युरो कप २०२१ सुरु भएको दिन जुन ११ देखि शुरु भई अन्तिम दिन जुलाई ११ सम्म जारी रहनेछ । यस क्याम्पेनमा ५ जना भाग्यशाली विजेताहरुले ५० एमबीपीएसको १ वर्ष अवधिको ईन्टरनेट सब्स्क्रिपशन निःशुल्क पाउन सक्नेछन् । यो क्याम्पेनमा भाग लिन …

पुरा पढ्नुहॊस »

पानीको वहाव बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला

काठमाडौँ ।  वर्षा शुरु भएसँगै सप्तकोशी नदीमा पानीको वहाव बढ्ने क्रम सुरु भएको छ। मंगलबार बिहानदेखि लगातार परेको वर्षाका कारण सप्तकोशीमा पानीको वहावमा वृद्धि भएसंगै कोशी ब्यारेजको १२ ढोका खुला  गरिएको छ । अहिले कोशीमा पानीको बहाव ६१ हजार १४५ क्युसेक रहेको  जनाईएको छ ।

पुरा पढ्नुहॊस »

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । छापावाला सुन तोलामा १ सय रुपैयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ सयले घटेर ९३ हजार १ सयमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन आजका लागि ९२ हजार ६ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। आज चाँदीको भाउ भने ५ रूपैयाँले बढेर १३ सय ६० रुपैयाँमा कारोबार …

पुरा पढ्नुहॊस »

बाढीपहिरोमा परेकालाई उद्धार गर्न देउवाको आग्रह

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मनाङ र सिन्धुपाल्चोकमा बाढीपहिरोमा परेकाहरूलाई उद्धार गर्न आग्रह गरेका छन्। सभापति शेरबहादुर देउवाले बुधबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘युद्धस्तरमा उद्धार, हराएकाहरुको खोजी, मानिसहरूलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न म सरकारलाई आग्रह गर्दछु ।’ उनले कांग्रेसका नेता तथा कार्यकर्तालाई बाढीपहिरोमा परेका जनताको उद्धारका लागि जुट्न पनि निर्देशन दिएका छन्।

पुरा पढ्नुहॊस »

सिन्धुपाल्चोक बाढी पहिरो अपडेट: बेपत्ता सातै जनाको शव फेला

काठमाडौं ।सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा इन्द्रवती नदिले बगाएर  बेपत्ता भएका सातै जनाको शव फेला परेको छ। शव फेला परेकामा २ जना महिलाको र पाँच जना पुरुषको रहेको प्रहरीले जनाएको छ । शव फेला परे पनि सनाखत हुन बाँकी छ । बाढीले हेलम्बुमा ३ ओटा र मेलम्चीमा एउटा पक्की पुल बगाएको छ  ।मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिका जोड्ने पुललगायत अन्य केही पुल भत्केका छन् । पुलबाट आवजजावत गर्न नमिल्ने भएपछि उद्धारमा केही …

पुरा पढ्नुहॊस »