रश्मी

माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त भएका छन । बैंको सञ्चालक समितिको असार ३ गते बसेको बैठकले हरिभक्तलाई सञ्चालकमा  नियुक्त गरेको हो। बैंकले संस्थापक शेयरधनीहरुका तर्फबाट  संचालक पदमा   नियुक्त गरेको हो।

पुरा पढ्नुहॊस »

आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने २ जना पक्राउ

मोरङ।आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गरेको अभियोगमा सुन्दरहरैँचा नगरपालिका-७ बस्ने ५६ वर्षीय पुष्प प्रसाद सिग्देल र सुनसरी इटहरी उपमहानगरपालिका-६ जुटबिकास बस्ने ५० वर्षीय दधिराम चौहानलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले हामी बनको कर्मचारी र पत्रकार हौं कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नु अन्यथा तपाईहरूलाई काम गर्न अप्ठेरो हुनेछ भनी डर त्रास देखाई विभिन्न काठ मिलहरूमा रकम उठाइ ठगी गरेको पाइएपछि प्रहरी उनीहरूलाई रतुवामाई नगरपालिका-१० माईवेनी मिलबाट पक्राउ …

पुरा पढ्नुहॊस »

आई सी एशिया बैंकको डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै नयाँ कार्ड आवेदन दिन सकिने सुविधा

काठमाडाै ।एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ । यस सुविधामार्फत ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको I Serve डिजिटल प्लेटफर्म (https://iserve.nicasiabank.com) मार्फत सहज रुपमा यो सुविधा उपभोग गर्न सक्नुहुनेछ । समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रममा बैंकले ग्राहकहरूलाई कोरोना भाइरसको यस असहज परिस्थितिमा बैंकसम्म पुग्न नपरोस् भन्ने हेतुले अनलाईनमार्फत यस प्रकारको सुविधा …

पुरा पढ्नुहॊस »

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडाै ।  नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बंैक लिमिटेडको संस्थापक समूह अन्र्तगतको ९,००,००० कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य रु.१४०।- रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १००० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ । साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापक, अन्य …

पुरा पढ्नुहॊस »

२४ घण्टामा २ हजार ७६८ संक्रमित थपिए

काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप२  हजार ७६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसै गरि पछिल्लो २४ घण्टामा थप ४४ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ८ हजार ६४१ जना पुगेको छ । त्यस्तै,पछिल्लो २४ घण्टामा ४  हजार २० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४९ हजार ६८२ पुगेको …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकले ग्राहकलाई ब्याज रकममा १० प्रतिशत छुट दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कोभिड-१९ बाट प्रभावित ग्राहकलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिने भएकाे छ । बैंकले २०७८ साल असार मसान्तभित्र कर्जाको किस्ता तथा ब्याज बुझाउने कोभिड-१९ बाट प्रभावित ग्राहकहरुले बुझाउने प्रचलित ब्याज रकमको सो मात्राको रकम छुट प्रदान गर्ने निर्णय गरेको हो । उक्त छुट सुविधाबाट नेपाल भरका ७ वटै प्रदेशका २४७ शाखा कार्यालयका एक लाख ८० हजार भन्दा बढी कर्जा ग्राहकहरू लाभान्वित हुने बैंकले अपेक्षा …

पुरा पढ्नुहॊस »

गायक कपिल सापकोटाको नयाँ गीत ला ला ल्याण्ड सार्वजनिक

काठमाडौँ ।  गायक कपिल सापकोटाको नयाँ गीत ला ला ल्याण्ड सार्वजनिक भएको छ । डिप स्पेस डट कोले यसको भिडियो निर्माण गरेको  गीतलाई मिस्टा चाम्लिङले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

पुरा पढ्नुहॊस »

मोरङंमा हात्तीको आक्रमणमा परी १ जनाको मृत्यु

मोरङ। मोरङ सुनवर्षी नगरपालिका ८ कुरेलीका २१ बर्षीय मनोहर मियाको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । शुक्रबार  बिहान  भारतबाट नेपाल प्रवेश गरेको एउटा वटा जंगली हात्तीले आक्रमण गरेको थियो । मिया हात्तीको नजिकै गएर सेल्फि खिच्ने क्रममा हात्तीको आक्रमणमा परी घाईते भएका थिए । घाईते मियाको उपचारको क्रममा बिहान ८ बजे न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको   हो ।

पुरा पढ्नुहॊस »

पाटनमा हराएका सात जनाको सकुशल उद्धार

काठमाडाैँ ।जाजरकोटको कुसे पाटनमा हावा हुरी चलेको बेला हराएका गोठालाहरु  सातै जनाको सकुशल उद्धार गरिएको छ ।हराएकाहरू पाटनमा रहेको रित्तो भेडीगोठमा अर्धचेत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। कुसे गाउँपालिका वडा नम्बर ८ र ९ का सात जना स्थानीय गाई, भैँसी ,भेडा  बाख्रालगायत  पाटन छाड्न गएका बेला पाटनको जलजलाबाट बेपत्ता भएका थिए । कुशे ८, औलरिजाका ३५ वर्षीय डिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको सहयोग कल्याणपुर नगरपालिकालाई

काठमाडौं । माछापुच्छ्रे बैंकले सिराहा जिल्लाको कल्याणपुर नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले उक्त स्वास्थ्य सामाग्री कल्याणपुुर नगरपालिकाका कार्यबाहक मेयर रोहिणी कुमारी यादवलाई हस्तान्तरण गरेका हुन् । बैंकले नगरपालिकामा देखिएको कोरोना जोखिम न्यूूनिकरण तथा संक्रमितको उपचारका लागि निर्माण गरिएको आइसोलेसन सेन्टरका लागि आवश्यक स्वास्थ्य सामाग्रिहरु जस्तै अक्सिजन कन्सन्ट्रेटर, थर्मल गन, स्यानिटाइजर डिस्पेन्सर, अक्सिमिटर, सर्जिकल मास्क, लगायतका सामाग्रिहरु हस्तान्तरण गरेको हो ।

पुरा पढ्नुहॊस »