काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मनाङ र सिन्धुपाल्चोकमा बाढीपहिरोमा परेकाहरूलाई उद्धार गर्न आग्रह गरेका छन्।
सभापति शेरबहादुर देउवाले बुधबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘युद्धस्तरमा उद्धार, हराएकाहरुको खोजी, मानिसहरूलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न म सरकारलाई आग्रह गर्दछु ।’
उनले कांग्रेसका नेता तथा कार्यकर्तालाई बाढीपहिरोमा परेका जनताको उद्धारका लागि जुट्न पनि निर्देशन दिएका छन्।
प्रतिकृया दिनुहॊस