काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले कपिलबस्तुस्थित शिवराज नगरपालिकालाई सुबिधा सम्पन बारुणयन्त्र (दमकल) हस्तान्तरण गरेको छ ।
उक्त सुविधा सम्पन्न बारुणयन्त्र (दमकल) नेशनल फायर सेफ र आइएमई मोटर्सको संयुक्त प्रयासमा नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीलाई सो बारुणयन्त्र (दमकल) आइएमई मोटर्स प्रा.लिका कर्पोरेट सेल्स हेड सुशिल राणा थापाले हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले ‘ सुबिधासम्पन्न बारुणयन्त्र (दमकल) आफ्नो नगरपालिकामा पहिलो पटक खरिद गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउँदै आगलागिका घटनामा नगरवासीको जीऊधनको रक्षा गर्न र क्षतिको रोकथामको लागि दमकल उपयोगी साबित हुने विश्वास लिएको बताए। ’
अशोक लेलैण्ड को १२१२ इकमेट मोडलको च्यासिसमा बनाईएको दमकलमा ४, ००० लिटर पानी अट्ने क्षमता रहनुका साथै दमकलमा ५०० लिटर फोम भर्न सकिन्छ । जसले गर्दा आगलागी भएको ठाउँमा छिटै र सजिलै धनजनको क्षती हुनबाट रोक्न सकिन्छ ।
यस प्रकारको अत्याधुनिक बारुणयन्त्र (दमकल) अग्नि नियन्त्रण कार्यमा उपयोगी हुनुका साथै नेपालको भौगोलीक वातावरणमैत्री भएको हुनाले यसको कार्यक्षमता निकै राम्रो रहेको छ ।
केही महिना अगाडि अशोक लेलैण्डको दमकल नेपालका बिभिन्न नगरपालिका जस्तै पुर्वको उर्लाबारी, लेटाङ, इनरुवा नगरपालिकाहरु, इटहरी उप-महानगरपालिका, बर्दियाको बाँसगढी नगरपालिका, काठमाडौंको चन्द्रागिरी नगरपालिका, नेपाल आयल निगम लिमिटेड साथै हालै प्रदेश नं. २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई हस्तान्तरण गरिएको थापाले बताए ।
कार्य क्षमता, र अत्याधुनिक उपकरणका साथै मर्मत खर्च समेत कम हुने भएकोले यो दमकल नेपालमा बढी रूचाइएको बारुणयन्त्र (दमकल) मध्येमा पर्दछ ।




