काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि भारतको नयाँदिल्ली लगिंदै छ । खनाललाई ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई गत सोमबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई थप उपचारका लागि बुधबार दिउँसो साढे १२ बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ ।
पुरा पढ्नुहॊस »यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं ।आज देशभर सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान शाखाका अनुसार आज देशका अधिकांश स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान बुधबार दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ भने लुम्बिनी …
पुरा पढ्नुहॊस »सिन्धुपाल्चोकमा बाढी पहिरोबाट ७ जनाको मृत्यु
काठमाडौं ।मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी-पहिरोले व्यापक क्षति पुर्याएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा इन्द्रवती नदिले बगाएर ७ जना बेपत्ता भएका छन् । हेलम्बु गाउँपालिकाको इन्द्रवती नदीको किनारमा एक जनाको शव फेला परेको छ । बाढीले हेलम्बुमा ३ ओटा र मेलम्चीमा एउटा पक्की पुल बगाएको छ । मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिका जोड्ने पुललगायत अन्य केही पुल भत्केका छन् । पुलबाट आवजजावत गर्न नमिल्ने भएपछि उद्धारमा केही कठिनाई …
पुरा पढ्नुहॊस »पछिल्लो २४ घण्टामा २ हजार ९१८ कोरोना संक्रमित थपिए ,५३ काे मृत्यु
काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसै गरि पछिल्लो २४ घण्टामा थप ५३ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ८ हजार ४६५ जना पुगेको छ । त्यस्तै,पछिल्लो २४ घण्टामा ५ हजार १४७ कोरोना संक्रमणबाट मुक्त भएका छन् ।योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ३६ हजार २५२ पुगेको छ …
पुरा पढ्नुहॊस »कोपा अमेरिका २०२१ पनि डिशहोममा प्रत्यक्ष हेर्न पाइने
काठमाडौं । नेपालको एकमात्र डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमको आफ्नै च्यानल एक्सन स्पोर्टस् मार्फत युरोकप २०२० प्रशारण गरिरहे संगै,अव कोपा अमेरिका २०२१ पनि प्रत्यक्ष प्रशारण गर्दैछ। जुन १४ बाट सुरुभएको कोपा अमेरिकामा, विश्व फुटबलमा गर्विलो प्रदर्शन गर्ने देशहरु सहभागी दक्षिण अमेरिकी देशहरुको यस प्रतिस्पर्धामा १० राष्ट्रले उपाधिमा आफ्नो दाबी प्रस्तुत गर्नेछन् । नेपाली समय अनुसार मध्यरात तथा विहानी पख हुने खेलहरु डिशहोमको रियालिटि टि.भि.तथा एक्सनस्पोर्टस् एचडिमा नेपाली फुटवल फ्यानहरुले हेर्न सक्नेछन।
पुरा पढ्नुहॊस »काठमाडौं म्यारियट होटेलद्वारा चक्र स्मृति पाठशालाका विद्यार्थीहरुलाई राहत प्रदान
काठमाडौं । काठमाडौं म्यारियट होटलले कतार हर रोयल हाइनेस शेख आश्मा अल थानी र किवानीस इन्टरनेशनल नेपालको संयुक्त सहयोगमा चक्र स्मृति पाठशालाका विद्यार्थीहरुलाई खाद्यान्न सामाग्री र सरसफाइका सामानहरु वितरण गरेका छन् । सिएम पाठशाला गोकर्णेश्वर, जोरपाटीमा अवस्थित एक सानो गैर-नाफामुखी संस्था हो । जसले मजदुरहरुको बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आइरहेको छ । यस संस्थाले हाल ५५ बालबालिकाहरुलाई शिक्षा प्रदान गर्दै आएको छ । म्यारियट इन्टरनेशनलले विभिन्न ३६० कार्यक्रमहरु म्यारियटकोे …
पुरा पढ्नुहॊस »सिटिजन लाइफको अनलाईन बीमा दाबी सेवा सजिलो, २ दिनमै मृत्यु दाबी रकम हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सले दाबी कर्तालाई दुई दिनमा नै रकम प्रदान गरेको छ । इन्स्योरेन्सले टीकापुर शाखाबाट बीमा गरेकी टीकापुर नगरपालिका वडा नम्बर -१ ब्लक नम्बर ९ बस्ने शोभा कुमारी बमको परिवारलाई दुई दिनमा नै सो रकम दिएको हो । कम्पनीका नुसार बीमितका अभिकर्ताले अनलाईनबाटै दाबी प्रकृया अगाडि बढाएका थिए र सो अनुसारको दाबी रकम दाबीकर्तालाई कम्पनीले दुई कार्य दिनमै प्रदान गरेको हो । लकडाउनको समयमा उनका श्रीमान धुर्ब खत्रीलाई सिटीजन …
पुरा पढ्नुहॊस »डिशहोमले प्रत्यक्ष प्रसारण गर्दै युरो कप, नेपाली भाषामा पनि कमेन्ट्री सुन्न सकिने
काठमाडाैँ । नेपालको डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले युरो कपको प्रत्यक्ष प्रसारणगर्ने भएको छ । डशिहोमको एक्सन स्पोर्ट्स च्यानलबाट युरो कपको प्रत्यक्ष प्रसारण हेर्न सकिने भएको हो । डिशहोमबाट हुने युरो कपको प्रत्यक्ष प्रसारण नेपाली र अंग्रजी दुबै भाषामा कमेन्ट्री सुन्न सकन्छि, इन ब्युल्ट भाषा चाहि अंग्रजी कमेन्ट्री हुनेछ । तर ग्राहकले रिमोटबाट नेपाली भाषामा समेत कमेन्ट्री हेर्न सक्छन् ।’ डिशहोमका ग्राहकले रिमोटमा रहेको पहेलो रंगको अडियो बटनमा थिचेर नेपाली …
पुरा पढ्नुहॊस »रौतहटमा श्रीमानद्वारा श्रीमतीमाथि एसिड प्रहार
रौतहट । रौतहटमा एक महिलामाथि एसिड आक्रमण भएको छ । रौतहटको चन्द्रपुर नगरपापिलका वडा नम्बर ४ -का ४२ वर्षिय दिपक वि.कले आफ्नै ३८ वर्षिय श्रीमती दिपिका वि.क. लाई एसिड प्रहार गरेका छन् । विवादको सुरुवाती क्रममा श्रीमानले कुट्दा उनको गालामा चोट लागेको थियो । विवादपछि बाहिर निस्केका श्रीमानले फर्किएर आउँदा पछाडि बोतलमा लुकाएर ल्याएको एसिड छ्याप्न खोज्दा उनले देखेर खोस्ने क्रममा हातमा र मुखमा परेको पीडितले बताइन् । पीडित …
पुरा पढ्नुहॊस »पानीमा डुबेर २ जना बालिकाको मृत्यु
सुनसरी । छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर २ जना बालिकाहरुको मृत्यु भएको छ । आईतबार बेलुका ४ बजे ईनरुवा नगरपालिका -७ का प्रदिप दनुवारको २ बर्षीया छोरी प्रसंसा दनुवार खेल्ने क्रममा घर अगाडि रहेको नहरमा डुबेर मृत्यु भएको छ । त्यस्तै आईतबार दिउसो ३ बजे सुनसरीकै बराहक्षेत्र नगरपालिका- ५ ठिकि टोल का भरत अधिकारीको १८ महिनाकी छोरी आश्मा अधिकारी आफ्नै घर छेउमा खेल्ने क्रममा बाल्टिनको पानीमा अचानक डुबेर भई घोपा …
पुरा पढ्नुहॊस »