काठमाडाै । लगातार वर्षाका कारण देशका विभिन्न क्षेत्रमा आएको र आउनसक्ने बाढीपहिरोमा परी घाइते हुनेहरुको उपचारका लागि नर्भिक अस्पतालले अलग्गै युनिट संचालनमा ल्याएको छ । बाढीपहिरो पीडितहरुको सहज, सरल र प्राथमिकताका साथ उपचार होस् भन्ने हेतूले अस्पतालले अलग्गै युनिट नै तयार गरी संचालनमा ल्याएको हो । नर्भिक अस्पतालले बाढीपहिरोमा परी घाइते भएकाहरुका लागि संचालनमा ल्याएको युनिटमा डेडिकेटेड शैया, चिकित्सक तथा नर्सिङ स्टाफसहितको अलग्गै टिम नै तयार गरेको छ । यो …
पुरा पढ्नुहॊस »दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा
काठमाडौं । केही दिनदेखि परेको अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छन्। इन्द्रावती र भोटेकोशी नदीमा आएको बाढीका कारण नदीमा पानीको बहाव बढेर ती घर डुबानमा परेका हुन् । घर डुबानमा परेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
पुरा पढ्नुहॊस »ओखलढुङगाको सिद्दिचरणमा लडेर १ को मृत्यु
ओखलढुङगाको सिद्दिचरण नगरपालिका ४ रुम्जाटार का ६७ बर्षीय बिर बहादुर ठटालको घर नजिकै बारीको डिलबाट लडेर मृत्यु भएको छ । बिहिबार बेलुका साँझ उनलाई बारीको डिलबाट लडेर बेहोस अबस्थामा परिवारले फेला पारी घरमा ल्याउ साथ मृत्यु भएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि थप अनुसन्धान भईरहेको छ ।
पुरा पढ्नुहॊस »पछिल्लो २४ घण्टामा २ हजार ६०७ कोरोना संक्रमित थपिए, ३९ जनाको मृत्यु
काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप२ हजार ६०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसै गरि पछिल्लो २४ घण्टामा थप ३९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ८ हजार ५९७ जना पुगेको छ । त्यस्तै,पछिल्लो २४ घण्टामा २ हजार ४१ कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४५ हजार ६६२ पुगेको छ …
पुरा पढ्नुहॊस »सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती
काठमाडौं । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा गएराति डाकाहरुको एक समूहले सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती गरेको छ। सम्सी-१ स्थित सम्सी-गौशाला सडकखण्डको उत्तर पश्चिमपट्टि आफ्नै घरमा राजीव ज्वेलर्स (सुनचाँदी पसल) सञ्चालन गरेका स्थानीयवासी वीरेन्द्र साहको घरमा गएराति डाकाहरुको समूहले गोली र रड प्रहार गर्दै घरका सबै सदस्यलाई घाइते बनाएर लाखौँको लुटपाट गरेको हो। राति २ बजेको समयमा नौ/दश जनाको समूहमा घरको पछाडिको ढोका फोडेर आएका डाकाहरुले नलकटुवा पेस्तोलले पसले एवं घरमूली …
पुरा पढ्नुहॊस »रवि ओडको ‘कुर्सी तानातान’ सार्वजनिक
काठमाडौँ । रवि ओड र राजेश बर्देवाको समसामयिक गीत ‘कुर्सी तानातान’ सार्वजनिक भएको छ । प्रतिभा चापागाईँ तथा एल.पी धमलाको शब्द रहेको गीतमा राजेशले संगीत रहेको छ । शिला क्षेत्रीको निर्देशन रहेको भिडियोमा अनिल विष्टको छायाँंकन र सम्पादन छ ।
पुरा पढ्नुहॊस »भक्तपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका- ४ मा बुधबार राति बा.७७ प ५६०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा सोलुखुम्बुको चौलाखर्क-३ घर भई हाल काडाँघारी बस्ने २७ वर्षीय रमेश कुमार बस्नेत छन् । मोटरसाईकल ठोक्किँदा गम्भिर घाइते भएका बस्नेतको उपचारको क्रममा त्रि.वि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।
पुरा पढ्नुहॊस »छोरीलाई बलात्कार गरी हत्या गरेको आरोपमा बुवा पक्राउ
धनगढी । कैलालीमा छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् । जेठ २७ गते दिउँसो लम्की चुहा नगरपालिका- २ बघनियाकी वर्ष १० छोरीलाई आफ्नै घरमा हत्या गरी दाहसंस्कार गर्ने तयारी गरिरहेको बेला प्रहरीले २७ गते नै शव नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा जेठ २७ गते दिउँसो आफ्नै भैसी गोठमा लगी जबरजस्ती करणी गरी पोल खुल्ने डरले भैसी गोठमै झुण्डाई हत्या गरेको र घटना लुकाउन आत्महत्या गरेको जस्तो …
पुरा पढ्नुहॊस »अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन:सर्वाेच्चलाई प्रधानमन्त्रीको जवाफ
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने बताएका छन् ।संसद विघटन गर्नुको कारण सहितको लिखित जवाफमा ओलीले अदालत आफैँले व्यवस्थापिका वा कार्यपालिकाको भूमिका निर्वाह गर्न नसक्ने बताए । प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ ले प्रधानमन्त्री नियुक्ति गर्ने अधिकार राष्ट्रपतिबाहेक कसैलाई नदिएको बताएका छन् । २०१९ को संविधान वा २०६३ सालको संविधानमाजस्तो प्रधानमन्त्रीलाई निर्वाचन गर्ने व्यवस्था विद्यमान संविधानमा राखिएको छैन ।
पुरा पढ्नुहॊस »भारतमा पछिल्ला २४ घण्टामा ६७ हजार २९४ संक्रमित
काठमाडौँ । भारतमा लगातार दैनिक संक्रमण हुनेको संख्या घटिरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा १ हजार ४११ जनाको मृत्यु भएको छ । त्यस्तै २४ घण्टामा ६७ हजार २९४ जना संक्रमित भएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल मृत्यु हुनेको संख्या ३ लाख ८१ हजार ९३१ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ करोड ९७ लाख ३१३ पुगेको छ । कोरोनाको दोस्रो …
पुरा पढ्नुहॊस »