सगरमाथा आरोहण दललाई राष्ट्रिय वाणिज्य बैंकको आर्थिक सहयोग

काठमाडौं । सगरमाथा आरोहण दललाई राष्ट्रिय वाणिज्य बैंकले आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकले सगरमाथाको सफल आरोहण गर्ने बाबु पूर्णकुमार शेर्पा र छोरा सोनाम शेर्पाको फादर एन्ड सन्स क्याम्पेनलाई सहयोग पुग्ने गरी चेक हस्तान्तरण गरेको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘प्रकति जोगाऔं, जलवायु परिवर्तन न्यूनिकरण गरौं’ भन्ने मुल नाराका साथ प्रकृति जोगाऔं महाअभियान अन्तर्गत उक्त सहयोग गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले ३ लाख रुपैयाँ बराबरको चेक आरोहणदललाई संयोजन गरिरहेको संस्था ग्लोबल्ली कन्सर्न सेन्टर फर क्लाइमेट चेन्जलाई मंगलबार हस्तान्तरण गरे ।

कार्यक्रममा गत मे २३ का दिन सगरमाथाको चुचुरोमा फहराइएको राष्ट्रिय वाणिज्य बैंकको झण्डाको तस्बिर बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठलाई सगरमाथा आरोहीहरूले हस्तान्तरण गरे ।​

फादर एन्ड सन्स क्याम्पेनले प्रकृति जोगाऔँ महाअभियान अन्तर्गत सात महादेश र पाँच समुन्द्रको सफाई विश्वकै पहिलोपटक गर्ने बताएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एसबीआई र क्लियरिङ हाउसबिच सीमापार भुक्तानीबारे सम्झौता

काठमाडौँ । नेपाल एसबीआई बैंक लिमिटेडले नेपाल र भारतबिचको सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल क्लियरिङ …

प्रतिकृया दिनुहॊस