काठमाडौं ।सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा इन्द्रवती नदिले बगाएर बेपत्ता भएका सातै जनाको शव फेला परेको छ।
शव फेला परेकामा २ जना महिलाको र पाँच जना पुरुषको रहेको प्रहरीले जनाएको छ । शव फेला परे पनि सनाखत हुन बाँकी छ ।
बाढीले हेलम्बुमा ३ ओटा र मेलम्चीमा एउटा पक्की पुल बगाएको छ ।मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिका जोड्ने पुललगायत अन्य केही पुल भत्केका छन् । पुलबाट आवजजावत गर्न नमिल्ने भएपछि उद्धारमा केही कठिनाई भइरहेको भएपनि उद्धारकार्य जारी छ ।
मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी-पहिरोले व्यापक क्षति पुर्याएको छ ।
तपाईंको प्रतिकृया



