रश्मी

बेलिब्रिज बनाउने क्रममा कामदारको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ रानीपुल स्थितमा नव निर्मित बेलिब्रिज बनाउने क्रममा १ जना कामदारको मृत्यु भएको छ । बुधवार अपरान्ह ५ बजेको समयमा काम गरिरहेको अवस्थामा अचानक चिप्लिएर लडेको र सोही क्रममा पुल लगाउन राखिएको फलाम समेतले किच्दा बारा सिमराका २६ बर्षीय श्याम सुन्दर चौधरीको घटनास्थलमा नै मृत्यु भएको हो ।

पुरा पढ्नुहॊस »

राष्ट्रियसभा उपनिर्वाचनमा ३३८ मत खस्यो,मतदानमा अनुपस्थित हुने १० जनप्रतिनिधि

काठमाडौँ ।  बाग्मती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनमा मतदान सकिएको छ । बिहीबार दिउँसो ३ बजेसम्म १०५ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख २३३ जना गरी ३३८ जनाले मतदान गरेका छन् । उपनिर्वाचनमा बाग्मती प्रदेशका कुल मतदाता ३४७ मध्ये १० जना अनुपस्थित रहेको निर्वाचन कार्यालयले जनाएको छ । अनुपस्थित रहनेमा ४ प्रदेशसभा सदस्य र ६ स्थानीय तहका प्रतिनिधि छन् । बाग्मती प्रदेशबाट चयन हुने एक जना राष्ट्रियसभा सदस्यका लागि …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकको मिस्ड कल बैंकिङ्ग सेवा

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको सुविधाको लागि मिस्ड कल बैंकिङ्ग(Missed Call Banking ) सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकहरुले यस मिस्ड कल बैंकिङ्ग सेवाबाट बैंकको निक्षेप तथा कर्जा सम्बन्धी सेवाहरुको बारे सजिलै जानकारी लिन सक्नेछन् । यो सुविधा लिन ग्राहकहरुले निम्न मोबाइल नम्बरहरुमा बैंकको कार्यालय समय भित्र मिस्ड कल गर्नुपर्ने छ र केहि समयमै बैंकबाट ग्राहकहरुको जिज्ञासाको लागि सोही नम्बरमा सम्पर्क गरिनेछ । निक्षेप संग सम्बन्धित सेवाको जानकारीका लागि …

पुरा पढ्नुहॊस »

नेप्सेमा ६.३७ अंकको वृद्धी ,कारोबार रकम ९ अर्ब ३० करोड माथि

काठमाण्डाै ।कारोबार हुने  साताको अन्तिम दिन  बिहीवार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ६.३७ अंकले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीवार नेप्से ६.३७ अङ्कले बढेर २ हजार ७८७ दशमलव १८ बिन्दु मा पुगेको छ । बिहीबार  २ करोड १ लाख ३३ हजार ६ सय २ कित्ता शेयर ९ अर्ब ३० करोड ५२ लाख  २२ हजार ४ रूपैयाँमा कारोबार  भएको छ ।    

पुरा पढ्नुहॊस »

मोरङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना घाइते

मोरङ ।मोरङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । नम्बर नखुलेको सवारी साधनले स्कोरपिओलाई ठक्कर दिँदा मोरङको पथरीशनिश्चरेमा भएको दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बिरामी आफन्तलाई हेर्नका लागि मोरङको कानेपोखरी आउने क्रममा बुधबार राति १२ बजेतिर भएको दुर्घटनामा स्कोरपिओमा सवार अरु तीन जना घाइते भएका छन् । बिरामी आफन्तलाई हेर्न आएका पाँच जना सवार रहेको मे १ च …

पुरा पढ्नुहॊस »

पर्सामा जेठ १३ गतेसम्म निषेधाज्ञा जारी

काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि पर्सामा जेठ १३ गतेसम्म निषेधाज्ञाको आदेश जारी गरिएको छ । बुधबार बसेको बैठकले जिल्लामा जारी गरिएको निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको छ। निषेधाज्ञामा अत्यावश्यक काममा बाहेक सवारी साधन पनि चलाउन पाइने छैन । खाद्यवस्तु, औषधि, स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसायबाहेकका अरु पसल व्यवसाय विहान ८ बजेसम्म मात्र खोल्न पाइनेछ ।

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री ओलीलाई देउवाले बुझाए १५ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौँ ।  प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना महामारीका सन्दर्भमा १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्।​ कोरोना संक्रमणबाट जनतालाई सुरक्षित राख्न तत्काल सबैलाई खोप लगाउने सुनिश्चित गर्न माग गर्दै देउवाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन्। अस्पतालहरूमा शय्यादेखि अक्सिजन अभाव देखिएकोले तत्काल व्यवस्थापन मिलाउन पनि देउवाले बुझाएको पत्रमा उल्लेख छ ।​ सम्माननीय प्रधानमन्त्रीज्यू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवार, काठमाडौं । विषय ः ज्ञापन—पत्र । कोभिड—१९ …

पुरा पढ्नुहॊस »

राजेश पायलको ‘आधा लैजाउ तिमी माया’ सार्वजनिक

गायक राजेश पायल राइको स्वरमा समावेश ‘आधा लैजाउ तिमी माया’ गीत सार्वजनिक भएको छ । सार्वजनिक  गरिएको  गीतमा तारा लिम्बुको शब्द, सबिन लिम्बुको संगीत  रहेको छ । बेलायतमा छायांकन गरिएको  भिडियोमा अमित सुब्बा र क्रिन्चा राइको अभिनय हेर्न सकिन्छ । भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका छन् ।

पुरा पढ्नुहॊस »

बाँकेमा थप १० जना कोरोना संक्रमितको मृत्‍यु

काठमाडौं । बाँकेमा थप १०  जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा बाँकेमा  मृत्यु हुनेमा १० जना पुगेको हो । मृतक मध्ये ४ जना  बाँके, ४ जना बर्दिया, १ जना दाङ र  १ जना कैलालीका  रहेका छन् । भेरी अस्पतालमा उपचाररत डुडुवा गाउँपालिका-५ बाँकेकी २८ वर्षीया महिलाको बुधबार साँझ ५ बजे, खजुरा गाउँपालिका-३ बाँकेकै ८५ वर्षीय पुरूषको बुधबार साँझ ५: ४५ बजे, जानकी गाउँपालिका-३ की ४४ वर्षीया महिलाको …

पुरा पढ्नुहॊस »

पछिल्लो २४ घण्टामा २४६ जनाको मृत्यु ८ हजार १ सय ७३ जनामा कोरोना संक्रमण

काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप  ८ हजार १ सय ७३  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसै गरि पछिल्लो २४ घण्टामा थप २४६ जनाको मृत्यु भए सँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ५ हजार ६ सय ५७ जना पुगेको छ ।  

पुरा पढ्नुहॊस »