रश्मी

सुन प्रतितोला ७०० रुपैयाँले घट्यो

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य ह्वातै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँमा झरेको हो । मंगलबार सुन प्रतितोला अधिकतम ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य  गिरावटको प्रक्रिया थप बुधबार पनि कायम रहँदै प्रतितोला २० रुपैयाँले घटेर एक हजार २६० रुपैयाँमा झरेको  छ ।

पुरा पढ्नुहॊस »

लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ

उदयपुर । उदयपुर त्रियुगा नगरपालिका ३ त्रियुगा पुल नजिकबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ परेका  छन् । पक्राउ पर्नेमा सोही स्थानका २१ बर्षीय कृष्ण चौधरी र २० बर्षीय धिरज चौधरी रहेका छन् । मंगलबार  जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागूऔषध ब्राउन सुगर ७४० मिलीग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

पुरा पढ्नुहॊस »

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने

काठमाडौं ।मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले  साउन १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको  ७ लाख ३६ हजार २८६ कित्ता साधारण शेयर निष्काशन गर्ने निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ। बाँकी ६ लाख ८४ …

पुरा पढ्नुहॊस »

प्रभु बैंक र कान्तिपुर डेन्टल अस्पतालबीच सम्झौता

काठमाडौँ ।प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाण्डौ जिल्ला बसुन्धारास्थित सञ्चालनमा रहेको कान्तिपुर जनरल एन्ड डेन्टल हस्पिटललाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।  मंगलबार एक समारोहबीच प्रभु बैंकको बबरमहस्थित केन्द्रीय कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कान्तिपुर डेन्टल अस्पतालका तर्पबाट अध्यक्ष बुद्धिमान श्रेष्ठका बीच प्रभु बैंकले आर्थिक सहयोग उपलब्ध गराउनेसम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

पुरा पढ्नुहॊस »

मौसम पूर्वानुमान : देश भर वर्षा हुने

हाल देशभर सामान्य देखि पुर्ण बदली रहि प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान २०७८ साउन ६ गते ( बुधबार) दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । २०७८ साउन ७ गते ( बिहिबार) दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । २०७८ साउन ८ गते ( शुक्रबार) दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी तथा बागमती प्रदेशका एक-दुई …

पुरा पढ्नुहॊस »

बकर इदको अवसरमा आज सार्वजनिक बिदा

काठमाडौं ।बकर इद  सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ ।सबै सरकारी कार्यालय, निकाय र विदेशस्थित नेपाली नियोगमा बुधबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिए।प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा ४ साउन बसेको मन्त्रिपरिषद बैठकले बकर इदमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

पुरा पढ्नुहॊस »

डिशहोम फाइबरनेट सेवा धरानमा विस्तार

काठमाडौं । सेवाको मागलाई मध्यनजर गरि आफ्ना DTH प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा डिशहोमले शुरु गरेको हो । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको डिशहोमले जानकारी दिएको छ । डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम GO APP र XVOD जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् । फाइबरनेटका योजनाहरु …

पुरा पढ्नुहॊस »

थप ३ हजार १०८ जनामा कोरोना संक्रमण,२५ जनाको मृत्यु

काठमाडाै । नेपालमा थप ३ हजार १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  मंगलबार ३ हजार १०८ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबार २५ जनाको मृत्यु भएको छ भने  १५९५ जना संक्रमणमुक्त भएका छन्

पुरा पढ्नुहॊस »

सानिमा बैंक ललितपुरको भैंसेपाटीमा

काठमाडौं । सानिमा बैंकले ललितपुरको भैंसेपाटीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको उद्घाटन बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका हुन् । सानिमा बैंकको देशका सातै प्रदेशमा ८६ वटा शाखा, १८ विस्तारित काउन्टर र ९५ वटा एटीएम संचालनमा रहेका छन् ।

पुरा पढ्नुहॊस »

अजोड इन्स्योरेन्स र सिभिल क्यापिटलबीच शेयर रजिष्ट्रार सेवाको सम्झौता पत्र

काठमाडाै ।अजोड इन्स्योरेन्स लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेड बीच शेयर रजिष्ट्रार सेवाको लागी सम्झौता भएको छ । प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र सिभिल क्यापिटल मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले सहमतिपत्रमा हस्ताक्षर  गरेका छन्।  

पुरा पढ्नुहॊस »