सर्वोच्च अदालतअगाडि प्रदर्शन गर्ने बिनु यादव पक्राउ

काठमाडौँ । आफूमाथि पतिले घरेलु हिंसा गरेको भन्दै न्यायको मागसहित आन्दोलन गर्दै आएकी सोलुखुम्बुकी बिनु यादव पक्राउ परेकी छन् । मंगलबार सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्नेक्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

रामेछापका प्रदीप कठायतसँग काठमाडौँमा चिनजानपछि प्रेम सम्बन्ध हुँदै विवाह गरेकी उनले आफूमाथि प्रदीपले घरेलु हिंसा गरेको भन्दै अदालतमा मुद्दा हालेकी थिइन् । तर, अदालतका न्यायाधीशले घुस लिएर आफूले पतिसँग सम्बन्ध विच्छेद गर्नुपर्ने फैसला गरिएको भन्दै उनी त्यसको विरोधमा उत्रिएकी हुन् ।

विरोध स्वरूप यादवले सर्वोच्चको बोर्डमा कालो मसी फ्याँकेपछि पक्राउ परेकी छन् । यसअघि पनि विरोध प्रदर्शनका क्रममा यादव पटक पटक पक्राउ पर्दै आएका थिइन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरको मेयरमा कसले मार्ला बाजी ? यस्तो छ ७९ को हिसाब

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि देशभर तयारी तीव्र भएको छ …

प्रतिकृया दिनुहॊस