नेकपा एमालेका उपाध्यक्ष भीम रावलले फिर्ता लिए प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा  फिर्ता लिएका छन्।  रावलले साउन ३ गते सांसदबाट राजीनामा दिएका थिए। उनको राजीनामा  स्वीकृत भएको  थिएन् ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि रावलले राजीनामा दिएका थिए। रावल  नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा नेपाल पक्षबाट संयोजक थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप