स्मार्टफोनको प्रमुख १८ बजारमा रियलमी शिर्ष ५ स्थानमा

काठमाडौं । रियलमी विश्वका प्रमुख १८ वटा बजारमा शिर्ष ५ स्मार्टफोन ब्रान्ड भित्र पर्न सफल भएको छ ।

प्रविधि बजार अध्ययन फर्म क्यानालिसले गरेको माग र ढुवानीको अध्ययन अनुसार उदीयमान प्रविधि कम्पनी रियलमी शिर्ष ५मा परेको हो ।

स्थापनाको केवल ३७ महीनामै रियलमीले विश्वभर १० करोड स्मार्टफोन ढुवानीको लक्ष्य पुरा गरी स्मार्टफोनको क्षेत्रमा तीव्र बजार विस्तार गरेर नयाँ रेकर्ड बनाएको छ ।

यसैगरी भारतको नम्बर वान फाइभजी स्मार्टफोन ब्रान्डका रुपमा आफूलाई स्थापित गरी भारतमा ५ करोड स्मार्टफोन ढुवानी गर्ने पहिलो स्मार्टफोन रियलमी बनेको छ

फाइभ जी विस्तारका क्षेत्रमा आक्रामक रियलमी २०२१ को दोस्रो क्वार्टरमा भारतीय स्मार्टफोन बजारको क्षेत्रमा २२ प्रतिशत हिस्सा ओगटेको छ ।

उक्त अवधिमा १४० प्रतिशतले बजार विस्तार गर्दै रियलमी भारतको चौथो ठूलो स्मार्टफोन बन्न सफल भएको छ ।

क्यानालिसको विश्वभर स्मार्टफोन ढुवानीको रिपोर्ट अनुसार फिलिपिन्स बजारमा रियलमी पहिलो नम्बरमा रहेको छ ।

त्यसैगरी बंगलादेशमा पनि रियलमीले पहिलो पटक नेतृत्वदायी स्थानमा आफूलाई उभाएको छ, जुन स्थान हासिल गर्न सन् २०२० मा बजार प्रवेश गरे लगत्तै सुरुवाती केवल ५ क्वार्टर  समय लागेको कम्पनीले जनाएको छ ।

यो क्वार्टर यूरोपको बजारमा सफलता प्राप्त गर्न रियलमीका लागि उपयुक्त समय रह्यो, किन भने १२८२% वार्षिक बजार वृद्धि गर्दै ढुवानीका हिसाबले यूरोपमा स्मार्ट फोन पठाउने शीर्ष ५ भित्र रियलमी पर्न सफल भएको छ ।

साथै यो कम्पनी पहिलो पटक स्लोभियामा दोस्रो, रसिया र पोल्याण्डमा तेस्रो र इटलीमा पाँचौँ स्थानमा पर्न सफल भएको छ ।

रियलमीका उपाध्यक्ष समेत रहेका नेपाल, भारत तथा यूरोपका लागि प्रमुख कार्यकारी अधिकृत माधव शेठले यही अगस्ट महिनामा कम्पनीको तेस्रो वार्षिकोत्सव मनाउँदै गर्दा विश्वभर स्मार्टफोन बजारमा बलियो स्थानमा आफूलाई स्थापित गरेको बताए ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सामान्य अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको …

प्रतिकृया दिनुहॊस