करेन्ट लागेर दुई जनाको मृत्यु

धनुषामा भजनकीर्तन भइरहेका बेला माइकबाट करेन्ट लाग्दा २ जनाकाे मृत्यु भएको  छ ।

मृत्यु हुनेमा जिल्लाको लक्ष्मीनिया गाउँपालिका-३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षीय मनिराम यादव रहेको प्रहरीले जनाएको छ ।

क्षीरेश्वरनाथ नगरपालिका-३ पर्साटोलका बुलन यादवको घरमा मङ्गलबार भइरहेको भजनकीर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री