धितोपत्र बोर्डबाट एक्सेल डेभलपमेन्ट बैंकलाई ३०% हकप्रद निष्कासनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले  एक्सेल डेभलपमेन्ट बैंकलाई३० प्रतिशतको   दरमा हकप्रद निष्कासन गर्ने अनुमति दिएको छ ।

अनुमतिसँगै बैंकले १०० रुपैयाँ अंकित दरका कुल २४ लाख ३३ हजार ३६३.६७ रुपैयाँको हकप्रद जारी गर्नेछ।

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

बैंकले गत जेठ २७ गते हकप्रद निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री