रश्मी

न्युजिल्यान्डमा एक जनामा कोरोना संक्रमित भेटिँदा देशव्यापी लकडाउन

न्युजिल्यान्डमा  एक जना कोरोनाभाइरसका संक्रमित भेटिएपछि देशव्यापी लकडाउन गरिएको छ। न्यूजिल्याण्डले कोभिड–१९ सङ्क्रमण बिस्तार नहोस भनी तीन दिन देशव्यापी लकडाउन गरेको  हो । यहाँ पछिल्लो छ महिनादेखि एक जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको थिएन ।

पुरा पढ्नुहॊस »

पहिराले नौबिसे-नागढुङ्गा सडकखण्ड अवरुद्ध

लगातार पानी परिरहेका कारण पहिराले नौबिसे-नागढुङ्गा सडकखण्ड अवरुद्ध भएको छ । सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । अहिले  पहिरो हटाउन काम भइ रहेको छ ।

पुरा पढ्नुहॊस »

स्मार्टडोकोले ल्यायो ‘रक्षाबन्धन अफर’

काठमाडाै ।नेपालको नम्बर वान अनलाइन मेगास्टोर स्मार्टडोकोले ‘रक्षाबन्धन अफर’ ल्याएको छ। हालै आइएमएस ग्रुपले प्राप्ति गरेको यस इकमर्स कम्पनी इकमर्स एपमा नम्बर वान बन्नसमेत सफल भइसकेको छ।अफरअन्तर्गत ग्राहकले हरेक दिन क्रेन फेसियल मिस्टर जित्न सक्नेछन्। यसका साथै आफ्ना दाजुभाइ तथा दिदीबहिनीको फोटो प्रिन्ट भएको एउटा केक पनि जित्न सक्नेछन्। हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाइन भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक ९रु ५०० सम्म०, साथैे माछापुच्छ्रे बैंकको डेबिट र …

पुरा पढ्नुहॊस »

श्वेतगंगा हाइड्रोले आईपिओ निष्काशन गर्ने

काठमाडौं ।श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आईपिओ निष्काशनको लागि निष्काशन तथा बिक्रि प्रबन्धक नियुक्त गरेको छ । बिक्रि प्रबन्धक नियुक्ति सम्झौतामा सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका तर्फबाट कार्यकारी सञ्चालक डा. सुवर्ण दास श्रेष्ठले सम्झौता गरेका छन् । कम्पनीले जारी पूँजी १ अर्ब ५१ करोड ३० लाखको ३० प्रतिशतले हुन …

पुरा पढ्नुहॊस »

एमालेमा संकट छुट्टैं दल दर्ता तयारीमा नेता नेपाल

काठमाडौं ।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको तयारी गरेका छन्।ओलीले मंगलबार वरिष्ठ नेता नेपालसहित १४ जना सांसदलाई कारबाहीको सिफारिस गरेपछि एमाले एकता संकटमा परेको हो । नयाँ दल दर्ताका लागि राजनीतिक प्रतिवेदन ,विधान तथा नामसमेत तय भइसकेको स्रोतले जनाकारी दिएको छ  ‘केपी ओलीमा सुधार आउने संकेत देखिएन नयाँ दल दर्ताको तयारी छ नेता कार्यकर्तालाई बेवारिसे अवस्थामा राख्न सकिँदैन’, नेपाल पक्षका एक  केन्द्रीय सदस्य  भने ओलीले पार्टीमा एकताको …

पुरा पढ्नुहॊस »

तालीबानद्वारा ‘आममाफी’ दिने घोषणा

काठमाडौं ।दुई दशक पछि पुन सत्ता सम्हालेको तालिबानले पुरै अफगानिस्तानमा आम माफी घोषणा गरेको छ।तालिबानले महिलाहरुलाई आफ्नो सरकारमा आउँन आग्रह गरेको  छ ।अफगानिस्तानमा तालिबानले सत्ता सम्हाले लगत्तै हिजो राजधानी काबुलमा अन्तराष्ट्रिय विमानस्थल तनावग्रस्त बनेको थियो। तालिबानले काबुल प्रवेश गरे लगत्तै बिभिन्न देशका नागरिकसंगै अफगानिस्तानी हरु पनि अफगानिस्तान छाडेर विदेश जान खोज्दा काबुलको विमानस्थल तनाबग्रस्त बनेको थियो। इस्लामिक कानुनले दिएसम्मको अधिकार महिलाहरुलाई उपलब्ध गराइने र इस्लामले दिएको अनुमतिकको दायरा भित्र रहेर …

पुरा पढ्नुहॊस »

कक्षा १२ को परीक्षा खोप लगाएरपछि मात्र

काठमाडौं ।कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्र कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गरिने भएको छ । कक्षा १२ को परीक्षामा सहभागी हुने अधिकांश विद्यार्थीले खोप लगाउन पाउने अवस्था देखिएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले तीन लाख ७४ हजार जना विद्यार्थी परीक्षामा सहभागी हुने जानकारी दिँदै त्यसमध्ये ८४५ जना विद्यार्थी मात्र खोप लगाउन बाँकी रहने देखिएको बताए । अन्य सबै विद्यार्थी १८ वर्ष पूरा भइसकेका छन् र उनीहरूले खोप लगाउन …

पुरा पढ्नुहॊस »

पोखराको खुदी ढुंगेपाटनमा नेपाल बंगललादेश बैंकको नवौँ विस्तारित सेवा केन्द्र

काठमाडौं । नेपाल बंगलादेश बैंकले कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ३० खुदी ढुंगेपाटनमा आफ्नो नवौँ विस्तारित सेवा केन्द्र सञ्चालना ल्याइएको छ।वा केन्द्रको औपचारिक उद्घाटन वडा नं. ३० का वडाध्यक्ष श्रीराम पोखरेलले गरे। यस बिस्तारित सेवा केन्द्रले पोखरा २९, ३०, ३१, ३२ तथा ३३ नम्बर वडामा वित्तीय पहुँच पुर्याई हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पुर्याउने उद्देश्यका साथ बैंकले आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । …

पुरा पढ्नुहॊस »

मौसम :देशभर सामान्य देखि पूर्ण बदली रहि हल्का देखि मध्यम वर्षा हुने

काठमाडौं ।हाल मौसमको अवस्था (Present Weather Status) हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान  बुधबार दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।गण्डकी प्रदेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको …

पुरा पढ्नुहॊस »

थप ३ हजार २७४ जनामा काेराेना संक्रमण

काठमाडाै ।अाज   नेपालमा थप ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अाज  ३ हजार २७४ जनामा संक्रमण पुष्टि भएको हो । आज थप २७  जनाको मृत्यु भएको छ भने १९२९ संक्रमणमुक्त भएका छन् ।नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:३ प्रतिशत रहेका छ । आज १७ हजार ६८९ नमुना परीक्षण गरिएको थियो ।

पुरा पढ्नुहॊस »