तेह्रथुम पावरले भदौ ९ गतेदेखि आइपीओ निश्कासन गर्ने

तेह्रथुम पावर कम्पनीले आगामी भदौ ९ गतेदेखि रु. ८ करोड बराबरको आइपीओ निश्कासन गर्ने भएको छ ।

कुल ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता सेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ ।

बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिनेछ  ।

न्यूनतम १० देखि अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् ।

एनआइबिएल एस क्यापिटल लिमीटेडले आइपीओ निश्कासनमा बिक्री प्रबन्धकको काम गर्नेछ ।

कम्पनीले यसअघि आयोजना प्रभावितका लागि ४ लाख कित्ता सेयर बिक्री गरिसकेको छ ।

भदौ ९ गतेदेखि खुल्ने आइपीओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री