नबिल बैंकको खुद नाफा ३०.०६ प्रतिशत बढ्यो

काठमाडौं । नबिल बैंकको खुद नाफा ३०.०६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको सार्वजनिक  अपरिष्कृत वित्तीय विवरण अनुसार असार मसान्तसम्ममा बैंकले ४ अर्ब ५० करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.६४ प्रतिशत, नेट फि तथा कमिशन आम्दानी १९.७४ प्रतिशत र सञ्चालन मुनाफा २६.३५ प्रतिशत बढेको छ।

बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ३७.११ प्रतिशत बढ्दा प्रतिशेयर आम्दानी १ रुपैयाँ ७६ पैसा घटेर ३२ रुपैयाँ ५४ पैसामा  आएको छ ।सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४०.६९ गुणा रहेको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकले गर्‍यो बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम

काठमाडौं । यूएसएडसँगको साझेदारीमा ‘देशैभरी वर्षैभरी’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण …

प्रतिकृया दिनुहॊस