सिन्धु विकास बैंकको नाफा ९१.३१ प्रतिशतले बढ्यो

काठमाडौं। सिन्धु विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ९१.३१ प्रतिशत बढी नाफा कमाउन सफल भएको छ । सिन्धु विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ करोड १८ लाख खुद नाफा आर्जन गरेको छ ।

बैंकको वितरणयोग्य मुनाफा २ करोड ८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष वितरणयोग्य मुनाफा ५ करोड ७ लाख रुपैयाँ रहेको थियो।चौथो त्रैमाससम्म बैंकले १६ करोड ९४ लाख रुपैयाँ बढी खुद ब्याज आम्दानी गरेको छ। बैंकको प्रतिसेयर आम्दानी ईपीएस ५.७२ रुपैयाँ रहेको छ। पीई रेसियो ७०.१० गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ ११४.३२ रुपैयाँ रहेको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकले गर्‍यो बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम

काठमाडौं । यूएसएडसँगको साझेदारीमा ‘देशैभरी वर्षैभरी’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण …

प्रतिकृया दिनुहॊस