मेगा क्यापिटल मार्फत सञ्चालित मेगा म्युचुअल फण्ड-१ को आजदेखि बिक्री खुला

मेगा क्यापिटल मार्केट्सको व्यवस्थापनमा पहिलो म्युचुल फण्ड निष्काशन भएको छ।

क्यापिटलले मेगा म्युचुअल फण्ड १ आजदेखि निष्काशन तथा बिक्री खुला गरेको हो ।

क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो।

निष्काशन गरिने कुल इकाई मध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो।

उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाइने छ ।

मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा भदौ १० गतेसम्म आवेदन दिन सकिनेछ।

उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा भदौ १८ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

भारतीय ग्राहकले सानिमा बैंकको फोनपे क्युआरमार्फत अन्तरदेशीय भुक्तानी गर्न मिल्ने

काठमाडौँ । सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रा.लि.सँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका …

प्रतिकृया दिनुहॊस