न्यादी हाइड्रोपावर लिमिटेडको रु. १८ करोडको आईपीओमा आवेदन दिने आज भदौ १५ गते अन्तिम दिन रहेको छ।
गत भदौ १ गतेबाट
निष्कासन गरिएको यो आईपीओमा आयोजना प्रभावित, स्थानीय र न्यादी हाइड्रोका कर्मचारीले आवेदन दिन पाउनेछन्।
आज बैंकिङ समयपछि यस आईपीओको निष्कासन बन्द गरिने धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।
लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीले जारी पुँजी १ अर्ब ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता तथा कम्पनीको संस्थापक सेयरधनी संस्था बुटवल पावर कम्पनी लिमिटेड र लमजुङ विद्युत विकास कम्पनी लिमिटेडका कर्मचारीका लागि ३ लाख कित्ता सेयर निष्कासन गरेको हो।
तपाईंको प्रतिकृया




