सप्तरी । सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर १ पकरी निवासी ५३ वर्षीया अमिरका देवी सदाको करेन्ट लागेर मृत्यु भएको छ । मोटरमा जोडिएको विद्युतको खुल्ला तारमा खुट्टा परि उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागि घाइते भएकी उनको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहॊस