काठमाडाै ।बुधबार नेपालमा थप १ हजार १५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १ हजार १५७ जनामा संक्रमण पुष्टि भएको हो । आज थप ८ जनाको मृत्यु भएको छ भने १११३ संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन् । आज १४ हजार ५४१ जनाको नमुना परीक्षण गरिएको थियो ।
पुरा पढ्नुहॊस »गरिमा विकास बैंक र एरोगिन हेल्थ केयर एन्ड रिसर्च सेन्टरबीच सम्झौता
गरिमा विकास बैंकका ग्राहकले काठमाण्डौको विशालनगरमा रहेको एरोगिन हेल्थ केयर एन्ड रिसर्च सेन्टरमा सेवा लिँदा विशेष छुट पाउने भएका छन्। बैंकले आफ्ना ग्राहक प्रदान गर्ने विभिन्न सेवासुविधामा आकर्षक छुट उपलब्ध गराउन एरोगिन हेल्थ केयरसँग सम्झौता गरेको हो। बैंकका डेबिट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताले एरोगिन हेल्थ केयरको सेवासुविधामा निम्नानुसार छुट सुविधा पाउन सक्ने छन्– १. हेयर ट्रान्सप्लान्ट : २५% देखि ४०%सम्मको छुट २. स्किन एन्ड लेजर ट्रिटमेन्ट : ३०% ३. हेयर फल ट्रिटमेन्ट …
पुरा पढ्नुहॊस »लक्ष्मी बैंकलाई एसियन डेभलपमेन्ट बैंकको ‘लिडिङ पार्टनर बैंक’को उपाधि
काठमाडौं । लक्ष्मी बैंक एसियन डेभलपमेन्ट बैंकको २०२१ को लिडिङ पार्टनर बैंकको उपाधिबाट सम्मानित गरेको छ । सो उपाधि एडीबीको ट्रेड तथा सप्लाई चेन फाइनान्स योजना अन्तर्गत रहेको छ जसमा एडीबीसँगको सहकार्यमा सबै भन्दा बढी कारोबार गर्ने बैंकलाई प्रदान गर्ने गरिन्छ । लक्ष्मी बैंकले सो उपाधि लगातार दोस्रो वर्ष प्राप्त गर्न सफल भएको हो । एडीबीले सो उपाधिहरू जुलाई १, २०२० देखी जुन ३०, २०२१ को अवधी भर गरिएको विभिन्न …
पुरा पढ्नुहॊस »बुधबार नेप्से परिसूचक ५० अङ्क माथिले बढ्यो
काठमाडौं ।बुधबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ५० दशमलव ५८ अङ्कले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधबार नेप्से ५० दशमलव ५८ अङ्कले बढेर २ हजार ६ सय ६५ दशमलव ९४ बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८ दशमलव ५८ अङ्कले बढेर ५०३ दशमलव ४६ मा पुगेर रोकिएको छ । स्टकका अनुसार आज कुल २२९ कम्पनीका ९ लाख ९४ हजार ४७८ कित्ता शेयर ५ अर्ब २८ करोड ५५ लाख ५ हजार ९२ …
पुरा पढ्नुहॊस »नर्भिकले मुटुको जाँचमा १०% छुट दिने
काठमाडौं । विश्व मुटु दिवसका अवसर पारेर नर्भिक इन्टरनेसनल हस्पिटलले विभिन्न उपचार प्याकेजहरुमा छुटको अफर सार्वजनिक गरेको छ। नर्भिक अस्पतालले मुटु रोगसँग सम्बन्धित हेल्थ प्याकेजहरुमा १० प्रतिशत छुटको घोषणा गरेको हो। यो अफरअन्तर्गत कम्प्रिहेन्सिभ कार्डियाक प्याकेज, कम्प्रिहेन्सिभ कार्डियाक प्याकेज प्लस, कार्डियाक प्याकेज वान र कार्डियाक प्याकेज टू लिँदा तिर्नुपर्ने शुल्कमा बिरामीले १० प्रतिशत छुट पाउनेछन्। यो अफर आज २९ सेप्टेम्बरदेखि लागू भई २ अक्टुबरसम्म कायम रहने अस्पतालले जनाएको छ।
पुरा पढ्नुहॊस »सनराइज बैंकको सहयोग जोन्ता क्लब काठमाण्डौलाई
काठमाडौं ।सनराइज बैंकको १४ औँ वार्षिकोत्सवका अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्ने क्रममा बैंकले जोन्ता क्लब काठमाण्डौलाई आर्थिक सहयोग गरेको छ। कोभिड १९ ले शैक्षिक संस्थाहरु पूर्ण रुपले सञ्चालन गर्न नसकिएको हालको अवस्थामा केही निजी विद्यालयले डिजिटल कक्षाहरु सञ्चालन गर्दै आएका छन्। तर, सरकारी विद्यालयहरुमा भने डिजिटल कक्षाहरु सञ्चालन गर्न पर्याप्त स्रोत, साधान र प्रविधिको अभाव रहेको छ। यही कुरालाई मध्यनजर गर्दै सनराइज बैंकले जोन्ता क्लब काठमाण्डौसँग सहकार्य …
पुरा पढ्नुहॊस »ट्रकको ठक्करबाट सहचालकको मृत्यु
इलाम । ट्रकले ठक्करबाट इलाममा सहचालकको मृत्यु भएको छ। मंगलबार राति पौने १० बजे इलामबाट पाँचथरतर्फ गइरहेको ना ५ ख ४९८७ नम्बरको ट्रकले इलाम नगरपालिका-१ नेपालटारमा खाना खानका लागि रोकिराखेको प्र १ ०१ ००१ ख ३४७१ नम्बरको मालबाहक ट्रकको सहचालक २३ वर्षीय राजेश नेपाललाई ठक्कर दिँदा मृत्यु भएको हो। ठक्कर दिने ट्रक चालक पाँचथरको हिलिहाङ गाउँपालिका -७ का ३४ वर्षीय सुकमान राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पुरा पढ्नुहॊस »राष्ट्रिय वाणिज्य बैंकको पोइन्ट अफ सेल्स कारोबारमा क्यासब्याक अफर
काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतको पर्वलाई मध्यनजर गर्दै पोइन्ट अफ सेल्सको माध्यमबाट प्रति कारोबार एक हजार वा सोभन्दा बढीको कार्ड स्वाइप गर्दा क्यासब्याक अफर ल्याएको छ । देशभर विभिन्न व्यवसायहरुमा रहेको पिओएसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै कार्ड स्वाइप गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यासब्याक पाइनेछ । यस अन्तर्गत ३ देखी ५ पटकको कार्ड स्वाइपमा ५ प्रतिशत क्यासब्याक, ६ देखी १० पटकको …
पुरा पढ्नुहॊस »चट्याङ लागेर एक जनाको मृत्यु
काठमाडौं ।चट्याङ लागेर एक जनाको मृत्यु भएको छ राजापुर नगरपालिका १० मा चट्याङ लागेर ४१ वर्षीय गुमानसिंह चौधरीको मृत्यु भएको छ । मङ्गलबार साँझ धान खेतमा गएका समयमा चट्याङ लागेर घाइते भएका उनको प्राथमिक स्वास्थ केन्द्र राजापुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
पुरा पढ्नुहॊस »बैंक अफ काठमाण्डूका ग्राहकले शुन्य प्रतिशत ब्याजदरमा सामसुङको सामान किन्न पाउने
काठमाडौं । दशैं, तिहार, नेपाल संवत् तथा छठलाई लक्षित गरी बैंक अफ काठमाण्डूले क्रेडिट कार्ड ग्राहकहरुकाे लागि अफर ल्याएकाे छ । यस अफर अन्तर्गत बैंकका क्रेडिट कार्ड ग्राहकहरुले शुन्य प्रतिशत ब्याजदरमा सामसुङ कम्पनीको स्मार्टफोन, स्मार्ट वाच तथा ट्याबलेटहरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् । बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपालबीच बैंकका क्रेडिट कार्डबाहकलाई यस्ताे सेवा दिने सम्झौता भएको हो । यस योजनाको लागि ग्राहकहरुले बैंकको क्रेडिट कार्ड लिन …
पुरा पढ्नुहॊस »