काठमाडौं ।कुमारी बैंकले आफ्ना सेयरधनीहरूलाई नगद लाभांशसहित सेयर बोनस बाँड्ने घोषणा गरेको छ ।
बैंकको असोज ११ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको २.६७ प्रतिशत नगद लाभांश (कर प्रयोजन) सहित ८.६७ प्रतिशत बोनस सेयर बाँड्ने घोषणा गरेको हो ।
बैंकको हालको चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ रहेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउने व्यवस्था रहेको छ ।
तपाईंको प्रतिकृया




