बैंक अफ काठमाण्डूका ग्राहकले दराजमा शपिङ्ग गर्दा २० प्रतिशतसम्म छुट पाउने

काठमाडाैं । बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड ग्राहकहरुले दराजको दशैं धमाका योजनामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

दशैंलाई लक्षित गरी दराजले असोज १० गतेबाट संचालनमा ल्याएको दशैं धमाका योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्मको छुटको सुविधा उपयोग गर्नेसक्नेछन् ।

यस योजनाबाट आफुलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरेका अधिकतम २००० सम्म छुट र क्रेडिट कार्ड प्रयोग गरेमा अधिकतम २५०० सम्म छुटको पाउनेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री