रश्मी

सनराइज बैंकको सनराइज पेरोल लोन योजना

काठमाडौं ।सनराइज बैंकले विभिन्न संघ संस्था तथा कार्यालयमा कार्यरत कर्मचारी वर्गलाई लक्षित गरी सनराइज पेरोल लोन योजना ल्याएको छ । यस योजना अन्तरगत  बैंकमा सनराइज पेरोल सेभिङ अकाउन्ट भएका कुनै पनि ग्राहकहरुले बिना धितो १५ लाख सम्मको कर्जा लिन सक्नेछन् । योजना अनुसार ग्राहकहरुले अधिकतम २४ महिनाको तलब अथवा ५ लाख सम्मको ओभरड्राफ्ट र १० लाखसम्मको टर्म लोन गरी अधिकतम रु १५ लाख सम्मको कर्जा लिन सक्ने छन् । कर्जा …

पुरा पढ्नुहॊस »

चट्याङ लागेर नौ जना घाइते

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका-४ दोहलीमा चट्याङ लागेर नौ जना घाइते भएका छन् । चट्याङ लागेर १९ वर्षीया रिता नेपाली, २२ वर्षीया गीता नेपाली र ५० वर्षीय झक्य नेपालीसहित नौ जना घाइते भएको    छ । तीन जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

बिहीबार नेप्से परिसूचक ३२ माथि अङ्कले घट्यो

काठमाडौं ।बिहीबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ३२  दशमलव ५४ अङ्कले घटेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीबार  नेप्से ३२ दशमलव ५४ अङ्कले घटेर २ हजार ६ सय ३३ दशमलव ४२ बिन्दुमा  आइपुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ६ दशमलव ४१ अङ्कले घटेर ४९७ दशमलव ०५  बिन्दुमा आइपुगेको  छ । स्टकका अनुसार  आज कुल २२५ कम्पनीका  ७३  लाख २१हजार १४ कित्ता शेयर ३ अर्ब ७० करोड २९ हजार ५०४  रुपैयाँमा खरिद–बिक्री भएको छ ।

पुरा पढ्नुहॊस »

भोलिबाट न्यादी हाइड्रोपावरको आईपीओ आउँदैछ

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं  ।न्यादी हाइड्रोपावरले असोज १५ गतेबाट रु. २२ करोड ५० लाखको आईपीओनिष्कासन गर्ने भएको छ। कम्पनीले १०० अंकित दरका कुल २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ४५ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २० लाख ९२ हजार ५सय  कित्तामा सर्वसाधारणले आवेदन दिन …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको ४ लाख ९७ हजार कित्ता संस्थापक शेयर लिलाममा

काठमाडौं  ।प्रभु बैंकले झन्डै ५ लाख कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको छ । बैंकले असोज १७ गतेदेखि बैंकको ४ लाख ९७ हजार ८ सय ११ कित्ता कित्ता संस्थापक शेयर लिलाममा ल्याएको हो । लिलामीमा राखिने सेयर न्यूनतम मूल्य प्रतिकित्ता २०५ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतम सेयर संख्याका लागि कुनै हद लाग्ने छैन। बोलपत्र …

पुरा पढ्नुहॊस »

सानिमा बैंकले रेमिट्यान्स मुद्दती खातामा १०.५१% सम्म मासिक ब्याजदर दिँदै

काठमाडौं । सानिमा बैंकले ‘दसैँ बम्पर योजना’ अन्तर्गत रेमिट्यान्स मुद्दती खातामा १०.५१% सम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गर्ने भएको छ । असोज १ गतेदेखि लागू भएको सो योजनामा विदेशबाट सानिमा एक्सप्रेस वा स्वीफ्ट मार्फत बैंकमा पठाएको रकमलाई रेमिट्यान्स मुद्दती खातामा परिमार्जन गर्दा बैंकले १०.५१% सम्म उच्च ब्याजदर दिइरहेको बैंकले जनाएको छ ।बैंक खाता खोल्दा पहिलो वर्षका लागि डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, मेरो सेयर, डिम्याट खाता, अमेरिकी डलर …

पुरा पढ्नुहॊस »

नेपाल इन्भेस्टमेन्ट बैंकका कार्ड प्रयोगकर्ताले अब ‘मोको’ एपबाट भुक्तानी गर्नसक्ने

काठमाडौं  ।नेपाल इन्भेस्टमेन्ट बैंकका  कार्ड प्रयोगकर्ताले अब ‘मोको’ एपबाट भुक्तानी गर्नसक्ने भएका छन्। नेपाल राष्ट्र बैंकद्वारा लाइसेन्स प्राप्त भुक्तानी सेवा प्रदायक फोकसवान पेमेन्ट सोलुसनले आफ्नो मोबाइल डिजिटल वालेट ‘मोको’ आजबाट सुरु गरेको छ। फोकसवानकै सहकार्यमा नेपाल इन्भेस्टमेन्ट बैंकका कार्ड प्रयोगकर्ताले अब यो मोको एपबाट भुक्तानी गर्न सक्ने भएका हुन्। यो सेवा लिन डिजिटल वालेटमा ग्राहकले पटक पटक ब्यालेन्स लोड गरी रहन नपर्ने बैंकले जनाएकाे छ । ग्राहकले रकम लाेड नगरी लेनदेनको …

पुरा पढ्नुहॊस »

बुद्धभूमि नेपालको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं  ।बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिन आज  अन्तिम दिन रहेको छ। कम्पनीले गत असोज ११ गतेबाट १०० अंकित दरका कुल ८ लाख कित्ता आईपीओ निष्कासन गरेको छ। निष्काशन गरिएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।बिक्री प्रबन्धक सिभिल क्यापिटलका …

पुरा पढ्नुहॊस »

नबिल बैंकलाई एशियाली विकास बैंकको “नेपालमा लिडिङ पार्टनर बैंक २०२१” अवार्ड

काठमाडौं । नबिल बैंकले २०२१ का लागि एशियाली विकास बैंक–ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामद्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ । सोही अवार्ड नबिल बैंकले गत वर्ष पनि प्राप्त गर्न सफल भएको थियो । एशियाली विकास बैंकको टीएससीएफपीद्वारा व्यापार वित्तको बजारलाई उत्थान गर्दै व्यापारलाई हौसला दिने उद्देश्यका साथ बैंकहरुलाई जमानी र ऋण प्रदान गर्दछ । ट्रेड फाइनान्स प्रोग्रामले जमानी र ऋण मार्फत बजारमा रहेका कठिनाईहरु अन्त्य गरेर दिगो …

पुरा पढ्नुहॊस »

स्मार्टडोकोको ‘स्मार्ट दसैँ अफर

काठमाडौं  ।ई–कमर्स एपले ‘स्मार्ट दसैं अफर’ ल्याएको छ। यो योजनाअन्तर्गत ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाइन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक (रु. ७५० सम्म), बैंक अफ काठमाण्डूको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक (रु. १५०० सम्म) र माछापुच्छ्रे बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा दैनिक २१ प्रतिशत क्यासब्याक (रु २१० सम्म) पाउनेछन्।यो दसैंमा ग्राहकहरुले दैनिक १० हजार रुपैयाँसम्मको आकर्षक उपहारसमेत जित्न …

पुरा पढ्नुहॊस »