काठमाडौं ।सोमबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ७० दशमलव ०५ अङ्कले घटेको छ ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार नेप्से ७० दशमलव ०५ अङ्कले घटेर २ हजार ६ सय १५ दशमलव ३६ बिन्दुमा आइपुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक ११ दशमलव ४५ अङ्कले घटेर ४९४ दशमलव ८८ बिन्दुमा आइपुगेको छ ।
स्टकका अनुसार आज कुल २१८ कम्पनीका १ करोड ३० लाख ३४ हजार ८२८ कित्ता शेयर ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७८ रुपैयाँमा खरिद–बिक्री भएको छ ।
प्रतिकृया दिनुहॊस