नेप्सेमा आज पनि दोहोरो अंकको गिरावट

बुधबार (आज) पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। दिनहुँ घट्दै आएको बजार मंगलबार ४६ दशमलव ४६ अंकले घटेको थियो भने आज पनि २३ दशमलव ३२ अंकले गिरावट आएर २ हजार ४२८ दशमलव ७५ विन्दुमा झरेको हो।

बुधबार २२६ वटा धितोपत्रको ४३ लाख ७२ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट १ अर्ब ९९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

बुधबार १३ वटा समूहमध्ये समूहमध्ये २ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचकमा गिरावट आएको छ । सबैभन्दा बढी व्यापार समूहको परिसूचकमा २ दशमलव ७६ प्रतिशतले गिरावट आएको हो ।

बुधबार नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार रकमको आधारमा हिमालयन डिष्ट्रिलरी लिमिटेडको ९ करोड ४१ लाख ५७ हजार ६१४ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

तिहारमा साढे १९ करोडको सुनचाँदीका सिक्का बिक्री

काठमाडौं । यस वर्षको तिहारमा नेपाल राष्ट्र बैंकले बबरमहलस्थित टक्सार विभागमार्फत् साढे १९ करोड रुपैयाँभन्दा बढी मूल्यका सुन र चाँदीका सिक्का बिक्री गरेको छ । यो बिक्री कात्तिक ११ देखि १४ गतेसम्म भएको थियो । कात्तिक १३ गते धनतेरसको दिन एक मात्र दिनका लागि मात्र सुनका सिक्का (असर्फी) बिक्री गरिएको थियो, जहाँ १६ करोड १६ लाख ५३ हजार २५ रुपैयाँ बराबरका ४ हजार ३ सय ८५ थान असर्फी बिक्री भएका थिए । प्रति थान असर्फीको मूल्य ३६ हजार ८ सय ६५ रुपैयाँ थियो ।

प्रतिकृया दिनुहॊस